साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम गोर्खामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम गोर्खामा सम्पन्न

लमजुङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) लमजुङ फिल्ड कार्यालयको आयोजनामा लमजुङ र गोर्खा जिल्लामा सञ्चालित विभिन्न १७ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुलाई बार्षिक योजना तथा बजेट निर्माण तालिम प्रदान गरिएको छ । 

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेठ २० र २१ गते गोर्खामा सञ्चालित तालिममा विभिन्न १७ साकोसका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरु समेत गरी २७ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमलादेवी गिरीको प्रमुख आतिथ्यतामा शुरु भएको तामिलमा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु श्रेष्ठको आतिथ्यता रहको थियो । 

नेफ्स्कूनकी सञ्चालक गिरीले साकोसहरुलाई लक्षित गरी संघको आयोजनामा भएको बार्षिक योजना तथा बजेट निर्माण तालिमले आगामी बर्षका लागि सफल संस्थागत योजना र बजेटको प्रभावकारी र मितव्ययी कार्यान्वयनमा सहजता हुने बताउनुभयो । संघले सँधै नै आफ्ना सदस्यहरुलाई नीति, विधि, प्रविधि र सुशासन मार्फत संस्था सञ्चालन गर्न प्रेरित गर्दै आइरहेको र तालिमले संघ र जिल्लामा सञ्चालित साकोसहरुबीच सुमधुर सम्बन्ध विकास साथै आवश्यक पृष्ठपोषण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक गिरीले प्राय धेरै संस्थाहरुले वार्षिक योजना तथा बजेटलाई औपचारिकतामा सीमित गर्ने गरेको पाइएको हुँदा उत्कृष्ट वार्षिक योजना तथा बजेट निर्माण गरि पूर्ण रुपमा कार्यान्वयनमा जान सहभागी साकोसका प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । 

उपसमिति सदस्य रामबाबु श्रेष्ठले सहकारी ऐन २०७४,  नियमावली २०७५, बमोजिम संस्था सञ्चालन गर्न कर्मचारी र सञ्चालक पोख्त हुन जरुरी रहेको बताउनुभयो । संस्था सञ्चालनको लागि वार्षिक योजना तथा बजेट अत्यन्त महत्वपूर्ण छ, उहाँले भन्नुभयो, “तालिमबाट सिकेको कुरा आगामी आर्थिक वर्षको शुरुवात बाटै लागु गरि प्रभावकारी र सबल संस्था निर्माणमा जोड दिन लागि पर्नुहोस ।” 

दुई दिवसीय उक्त तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण नेफ्स्कूनको लमजुङ फिल्ड कार्यालयका इन्चार्ज विनोद ढकालले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप