एक्सेस मेचीकोशी क्लष्टर प्रथम समुहको २९ औं सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस मेचीकोशी क्लष्टर प्रथम समुहको २९ औं सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

मोरङ । रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम अन्तर्गत मेचीकोशी क्लष्टर प्रथमको २९ औं कार्यकशुलता तथा सिकाई व्यवस्थापन र्काशाला सम्पन्न भएको छ । सहारा नेपाल साकोस (झापा), मोरङ साकोस (मोरङ), इटहरा सकोस, (मोरङ), मनकामना साकोस (मोरङ), महिला साकोस (सुनसरी), किसान कल्याण साकोस (सुनसरी) र रमाईलो जनएकता साकोस, (मोरङ) का जम्मा गरी ५६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम रमाईलो जनएकता साकोसका अध्यक्ष भोला प्रसाद अधिकारीको अध्यक्षता र नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको प्रमुख आतिथ्यतामा शुरु भएको थियो ।

नेफस्कूनकी सञ्चालक नेपालले स्तरिकरण कार्यक्रमले संस्थाको गुणस्तर वृद्धि गर्दै संस्थालाई शुसानयुक्त तरिकाले सदस्यहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्न मद्दत गर्ने र यस किसिमका कार्यशालाबाट एक अर्काले साकोस सञ्चालनमा असल अभ्यासहरुको साटासाट गर्ने अवसर मिल्ने हुनाले यसले समग्र साकोस अभियानलाई सुदृढीकरण गर्नमा सहयोग गर्ने बताउनुभयो । 

कार्यशालामा उठान भएका विषयहरुमा सबैसाकोसहरुले आ आफ्नो साकोसको सञ्चालक समितिमा छलफल गरी आवश्यक निर्णय गर्ने अभ्यासको शुरुवात गर्न आग्रह गर्दै सञ्चालक नेपालले हाल नेफ्स्कूनले प्राथमिकतामा राखेर सञ्चालनमा ल्याएको कार्यक्रमहरु स्थिरीकरण कोष, स्तरीकरण कार्यक्रम र संस्थाहरुलाई प्रविधिमैत्री बनाउनको लागि नेफ्स्कूनले गरिरहेको कार्यको विषयमा जानकारी गराउनुहुदै सम्पूर्ण साकोसहरुलाई स्तरीकरण कार्यक्रमको अन्तिम परिक्षण लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

सो कार्यक्रमका अध्यक्ष एवं रमाईलो जनएकता साकोसका अध्यक्ष अधिकारीले संस्थामा गुणस्तियता कायम गर्नको लागि संस्थाहरु शुसानमा चल्नुपर्ने र सदस्य केन्द्रीत भई सञ्चालन हुनेपर्नेमा जोड दिनुभएको थियो साथै अधिकारी आफु भर्खरै सम्पन्न निर्वाचनबाट कानेपोखरी गाउंपालिकाको उपाध्यक्षमा निर्वाचित भएको सम्झदै स्थानीय निकायमार्फत सहकारीहरुलाई व्यवस्थित र सदस्य केन्द्रितभई सञ्चालन गर्ने गराउनेकुरामा आफु प्रतिवद्ध रहेको बताउनुभएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारी र रामकृष्ण भट्राईले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप