प्रदेश नं. २ का साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश नं. २ का साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न  

काठमाडौं । तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गत मध्य तराइ क्लष्टर चौथोको १३ औं  कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (एब्ीः ध्इच्प्क्ज्इए) सोमबार सम्पन्न भएको छ ।

आयोजक साकोसका अध्यक्ष राजहरण चौधरीको अध्यक्षता तथा कोल्हबी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा मध्य तराईका बारा र सर्लाही जिल्लाका १० वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 प्रमुख अतिथि नगर प्रमुख चौधरीले सहकारीले सदस्यकेन्द्रीत सेवा प्रवाहलाई महत्वका साथ अगाडि बढाउँदै सदस्यको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी संस्था सञ्चालनमा कानुनी व्यवस्थाहरुको पालना गर्दै सुशासन कायम गरी सदस्यमुखी कार्ययोजना बनाउनुहोस्, उहाँले भन्नुभयो,  “यस नगरभित्रका  सहकारी संस्थाहरुको विकास र प्रवर्धनका  लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको छ ।” 

कार्यशालामा तामागढी साकोस, सगुन साकोस, नन्देश्वर महिला साकोस, नेत्रगंज महिला साकोस, हातेमालो साकोस, स्वस्तिक साकोस, सोस्तिक साकोस, ग्रामिण सकोस, सूर्योदय साकोस र चमेली साकोसबाट सञ्चालक समिति सदस्य तथा व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । 

सहभागी साकोसका प्रतिनिधिहरुले आआफ्ना संस्थागत गतिविधिहरुको समिक्षा, प्रगति अवस्था र आगामी ३ महिनाको कार्ययोजना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप