आसन्न साकोस शिखर गोष्ठीमा ‘प्रविधि’ केन्द्रीय विषय रहनु अत्यन्तै सान्दर्भिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आसन्न साकोस शिखर गोष्ठीमा ‘प्रविधि’ केन्द्रीय विषय रहनु अत्यन्तै सान्दर्भिक

काठमाडौं । आसन्न साकोस शिखर गोष्ठीका सरोकारावालाहरुले समय सान्दर्भिक 'साझा प्रविधि' को विषय केन्द्रविन्दूमा राखिएकोमा प्रसन्नता व्यक्त गरेका छन् । ‘सहकारीमा प्रविधि’ अहिले महत्वपूर्ण र केन्द्रीय विषय रहेको भन्दै त्यसैलाई चौथो साकोस शिखर गोष्ठीको थिमका रुपमा समाविष्ट गरिएकोमा उनीहरुले प्रशंसा गरेका हुन् । साथै उनीहरुले गोष्ठीको पूर्ण सफलताको कामना गर्दै आफ्नो तर्फबाट हरसम्भव सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस पटकको साकोस शिखर गोष्ठीको थिम ‘दिगो एवम् एकीकृत सञ्जालको लागि नवीनत साझा प्रविधि’ तय गरिएको छ । नेफ्स्कूनको आयोजनामा चौथो साकोस शिखर गोष्ठी यही जेठ २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ । 

गोष्ठी तयारीको अन्तिम चरणमा आज नेफ्स्कून केन्द्रीय कार्यालयमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक छलफल आयोजना गरिएको हो । साकोस शिखर गोष्ठी तयारी उपसमिति संयोजक समेत रहनुभएकी नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागीहरुले सबै कार्यपत्र, प्रस्तुति तथा समूहगत छलफलमा कुनै न कुनै रुपमा प्रविधिको विषय अटाउन सके उत्तम हुने धारणा राखेका थिए । गोष्ठीले प्रविधिका विषयमा थुप्रै नवीनता पस्कने अपेक्षा सहभागीहरुको रहनेतर्फ सरोकारवालाहरुले ध्यानाकर्षण गराएका थिए । छलफलमा नेफ्स्कूनका सञ्चालक सदस्यद्वय रिना आचार्य र मन्दरा मिश्र, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुखहरु, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव राम कुमार सापकोटा, सहकारी विभागका उप–रजिष्ट्रार खिमानन्द आचार्य, सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीकी चिफ म्यानेजर रीता पाठक, रारा डिजिटल ल्याब्स्का निर्देशक अभय पौडेल, राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक सुरेश थापा, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ, राज ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक प्रणय अग्रवाल तथा म्यानेजर शोभा खरेलको उपस्थिति थियो ।

छलफलमा नेफ्स्कूनकी उपाध्यक्ष अधिकारीले सरोकारवालाहरुबाट प्राप्त सुझावहरुप्रति कृतज्ञता व्यक्त गर्दै तिनलाई गोष्ठीमा समेटिनेमा विश्वस्त तुल्याउनुभयो । उहाँले पहिलो साकोस शिखर गोष्ठी पर्ल्समा, दोस्रो गोष्ठी साकोस एकीकरणमा, तेस्रो सहकारी एने २०७४ कार्यान्वयनमा केन्द्रीत भएको भन्दै यो पटक साझा प्रविधिका विषय केन्द्रविन्दूमा राखिएको जानकारी गराउनुभयो ।

छलफलमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले गोष्ठीको उद्देश्य, विषयवस्तु, सहभागिता, कार्यपत्र तथा स्रोत व्यक्तिहरु लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले गोष्ठीमा सातै प्रदेश समेटिएका ५० जिल्लाबाट ५ सय २० जनाको सहभागिता सुनिश्चित भएको जानकारी गराउनुभयो । उहाँले कार्यपत्र प्रस्तोता तथा विषयवस्तुका बारेमा पनि अवगत गराउनुभएको थियो । छलफलमा संघकी उपाध्यक्ष, सञ्चालकहरु आचार्य र मिश्र तथा उच्च व्यवस्थापनले सरोकारवालाहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो । सहभागीहरुले गोष्ठीका उपलब्धिहरुको मुल्याङ्कन र मापन पद्धति विकासको आवश्यकता समेत औंल्याउनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप