नयाँपाटी साकोसद्वारा सदस्यहरूलाई व्यावसायिक कृषि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँपाटी साकोसद्वारा सदस्यहरूलाई व्यावसायिक कृषि तालिम सञ्चालन

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ मा अवस्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई व्यावसायिक कृषि खेतीतर्फ आकर्षिक गराउँदै च्याउ तथा कुरीलो खेती सम्बन्धी तालिम प्रदान गरेको छ । 

जेठ २१ र २२ गते साकोसको सभाहलमा आयोजित तालिममा साकोसका २८ जना उद्यमशील सेयर सदस्यहरुको सहभागिता रहेको थियो । सहभागी सदस्यहरुमध्ये १८ जना नयाँ कृषि उद्यम थालनीका लागि तालिममा सहभागी हुनुभएको थियो भने १० जना व्यावसायिक च्याउ खेतीमा संलग्न सदस्यहरु नै हुनुहुन्थ्यो । व्यावसायिक रुपमा कन्या च्याउ खेती गरिरहनुभएका दश उद्यमी सदस्यहरुलाई साकोसले नयाँ प्रविधि विस्तार साथै खाली ठाउँहरुमा कुरीलो खेती गर्न सकिने तालिम प्रदान गरेको साकोसका प्रवन्धक रमेश श्रेष्ठले जानकारी गराउनुभयो । 

कन्या च्याउ तथा कुरीलो खेती गर्ने सम्भावित उद्यमी सदस्यहरुलाई लक्षित गरी साकोसले विज्ञ प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको प्रवन्धक श्रेष्ठले बताउनुभयो । 

दुई दिवसीय उक्त तालिममा प्रशिक्षक डा. केदार बुढाथोकीले कन्या च्याउ सम्बन्धी तालिम दिनुभएको थियो । डा. बुढाथोकी जापानको च्याउ खेती सम्बन्धी अध्ययन र अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ । त्यस्तै प्रशिक्षक सिताराम तिमल्सेना र सुुभास तिमल्सेनाले च्याउ र कुरीलो खेती सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । तालिम कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका कृषि अधिकृत इन्द्र कुमारी खड्काले पनि व्यावसायिक र अर्र्यानिक कृषि खेतीको महत्वबारे जानकारी गराउनुभएको थियो । 

साकोसको कृषि तथा सहकारी उपसमितिको आयोजनामा सञ्चालित तालिममा उपसमितिका संयोजक गमन तामाङ, साकोसका अध्यक्ष गौतम खनाल, सञ्चालक समितिका सदस्यहरु, प्रवन्धक रमेश श्रेष्ठ र उद्यमी सेयर सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप