भक्तपुर जिल्ला बचत संघद्वारा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघद्वारा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजनामा सिद्धि गणेश तालिम हल, खँचा, भक्तपुरमा दुई दिने बार्षिक योजना तथा बजेट तालिम सोमबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सरकारी र सहकारीका बजेटमा फरक रहेको बताउदै बजेटका सबै प्रक्रियाहरु पुरा गरेर बनाएको बजेट सफल हुने बताउनुभयो । उहाँले समुदायमा आधारित सहकारी संस्थालाई पुर्ण रुपमा कर छुट हुनुपर्नेमा सरकारले बजेट मार्फत करको दर बढाउनु न्यायोचित नभएको प्रष्ट पार्नुभयो ।  सहकारी संघ संस्था बीच हुने अन्तर कारोबारमा अग्रिम व्याजकर खारेज गर्नुपर्ने माग बजेटले सम्बोधन गर्न नसकेकोमा पनि दुख व्यक्त गर्नुभयो । 

संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवर्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्थाको बार्षिक योजना तथा बजेट निर्माण कार्यलाई सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । संस्थाको परिकल्पना, ध्येय र उद्देश्यहरु हासिल गर्न व्यावसायिक तथा रणनीति योजनाहरुको महत्व बताउदैं ती योजनाको आधारमा बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

प्रशिक्षक अनिल वीर बज्राचार्यको सहजिकरणमा सम्पन्न भएको तालिमको समापन समारोहमा संघको वित्तीय सेवा प्रवर्धन उपसमितिका सदस्य राजाराम गोसाईले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमबाट सिकेका कुरा संस्थामा प्रयोग गर्न र संस्थाका पदाधिकारीहरुलाई सिकाई हस्तान्तरण गर्नुपर्ने विचार राख्नुभयो । उपसमितिका सदस्य राजकुमार लघुले कार्यक्रम संचालन गर्नुभएको थियो । तालिममा आबद्ध सदस्य संस्थाका ४१ जना पदाधिकारी एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप