सगुन साकोसको रणनीतिक योजना कार्यशाला गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसको रणनीतिक योजना कार्यशाला गोष्ठी सञ्चालन

काठमाडौं । सर्लाहीको हरिवनमा अवस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि. ले रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । जेठ २५ देखि २७ गतेसम्म बर्दिवासमा सञ्चालित उक्त गोष्ठीको सहजीकरण नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोखरलेको गर्नुभएको छ । 

साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा सुरु भएको गोष्ठीको प्रमुख व्यक्ति प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती हुनुहुन्थ्यो । 

साकोसका सञ्चालक समिति, उपसमिति र व्यवस्थापन सहित २२ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन साकोसका सचिव राज कुमार उप्रेतीले गर्नुभएको थियो भने कोषाध्यक्ष विनोद कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।