एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अध्यक्षमा पुनः डा. एरियल ग्वार्को निर्वाचित हुनुभएको छ । स्पेनको सेभिलमा भएको चुनावी साधारण सभाबाट ४ वर्षको लागि पुनः ग्वार्को निर्वाचित हुनुभएको हो ।
अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए । फ्रान्स सहकारीका अध्यक्ष जिन लुईस बान्सेल पनि चुनावी प्रतिस्पर्धामा थिए । त्यस्तै अस्ट्रेलियन सहकारीका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन पनि प्रतिस्पर्धामा थिए ।
चुनावमा विद्युत्तीय मतदान हुने भनिए पनि प्रविधिक कारणले हुन सकेको थिएन । विद्युत्तीय मतदान हुन नसकेकोमा अध्यक्ष एरियल ग्वार्कोले दुःख व्यक्त गरेका छन् ।
यस अघि सन् २०१७ को नोभेम्बर १७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न साधारण सभाबाट ग्वार्को निर्वाचित हुनुभएको थियो ।
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१८ घण्टा अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
११ दिन अगाडि
१८ घण्टा अगाडि
१४ दिन अगाडि