लुम्बिनी क्लस्टर चौंथोमा आबद्ध साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी क्लस्टर चौंथोमा आबद्ध साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

रुपन्देही । साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा सहभागी फेवा बचत तथा ऋण सहकारी संस्था लि. बुटवलको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा लुम्बिनी क्लष्टर चौंथोकोे दशौै कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (PALM) सम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष प्रेम गुरुङको अध्यक्षता, लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय–सहकारी विकास बोर्ड कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक सन्दिप सापकोटाको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ वटा साकोसका कार्यदल पदाधिकारी र व्यवस्थापन प्रमुखहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि पोखरेलले सहकारी संस्थाहरुको यस किसिमको कार्यक्रममा सहभागी हुन पाउँदा आफुले केही कुरा सिक्ने अवसर प्राप्त भएको बताउदै नीति, विधि र प्रविधिबाट सञ्चालनमा रहेका साकोसलाई कुन तत्वले के कस्तो बाधा अवरोध पुर्याएको रहेछ भन्ने कुरा सहभागी सहकारीकर्मीबाट बुझ्न पाएको बताउनुभयो । आफू भर्खरै सहकारी बोर्डमा नियुक्त भएको र पूर्ण बोर्ड गठन नभएकोले बोर्डले पूर्ण आकार लिए पश्चात विधि पद्धति तथा सुशासनको सीप विकास गराउन विभिन्न कार्यक्रम गर्ने र बेथिति वा प्रचलित ऐन कानून बिपरित जनतालाई लोभ तथा आकर्षण देखाई पैसा संकलन गरि जोखिम बढाउने प्रती अनुगमन क्रियाकलाप गर्न कार्ययोजना निर्माण गरि कार्यावन्यन गर्ने बताउनुभयो । कार्यक्रमको जोड सहकारीको सेवा र गुणस्तर नै महत्वपूर्ण रहेको जिकिर गर्दै सहकारी बिकास बोर्ड यहाँहरु जस्तै सहकारी अभियानकर्मीको सुझाव र गुनासोलाई सम्मान गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटाले प्रोबेसन कार्यक्रममा रहेका सबै साकोसले कुनै पनि कारण नदेखाई अनिवार्य रुपमा गुणस्तरीय ब्राण्ड “प्रोबेसन ब्राण्ड” हासिल गर्नु पर्ने बताउदै अझै कडा मेहनत र  लगनशील बन्नु पर्ने बताउनुभयो । नेफ्स्कूनले साकोसलाई मात्र नभै सबै प्रकृतिको सहकारी सस्थालाई प्रवर्धन गर्न र गुणस्तरीय बनाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताउदै कार्यशाला पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काको सहजीकरण रहेको उक्त कार्यक्रममा निर्णायक मण्डलको निर्णय बमोजिम उत्कृष्ट प्रस्तोतामा अन्धकारमुक्ती साकोसका व्यवस्थापक दिपेन्द्र पौडेल चयन हुनुभएको थियो ।

सहभागी साकोसले बिगत ३ महिनाको आफ्नो साकोसको कार्यकुशलता र सिकाइको प्रतिवेदन आदानप्रदानको लागि व्यवस्थापन प्रतिनिधिहरुले प्रस्तुतीकरण गर्नुभएको थियो ।

स्वागत मन्तव्य फेवा साकोसका संस्थापक अध्यक्ष यम बहादुर थापा, कार्यक्रम सञ्चालन सचिव इन्द्र सारुको रहेको थियो । आयोजक सस्थाको सञ्चालक तथा कर्मचारीहरु सहित ५६ जनाको उपस्थिति रहेको थियो ।

आगामी ११औ सिकाई कार्यशाला टुगा आस्था विकास साकोस ओमसतिया रुपन्देहीले आयोजना गर्ने निर्णय गरेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप