संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्मलाई दिगो विकासका साझा लक्ष्यहरु अगाडि सारेको छ । जसमा नेपालले पनि हस्ताक्षर गरेको छ । १७ वटा लक्ष्य तय भएका छन, जसको कार्यान्वयनको चरण सुरु भएको पनि ६ बर्ष लागिसकेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सन् २०१६ मा क्यानडाको क्यूवेकमा भएको अन्तर्राष्ट्रिय समिटमा संयुक्त राष्ट्रसंघका जिम्मेवार प्रतिनिधिहरुले यदि सहकारी क्षेत्रले साथ नदिने हो भने यो दिगो विकास लक्ष्यहरु पुरा हुन सक्दैनन् भनेर घोषणा भएको थियो । १७ लक्ष्य मध्ये लक्ष्य नं. १३ मा जलवायु परिवर्तन तथा यसका प्रभावहरुलाई न्यूनीकरण गर्न तत्काल कारबाही थाल्ने भनिएको छ । जलवायु परिवर्तन विश्वव्यापी रुपमा देखापरेको गम्भीर समस्या हो ।
गरिबी, अशिक्षा, सामाजिक असमानता साथै समुदायको जीविकोपार्जन प्राकृतिक स्रोतमा बढी निर्भर रहेको कारणले नेपाल जलवायु परिवर्तनका असरप्रति अझ बढी संवेदनशील मानिएको छ । जलवायु परिवर्तनका कारण परेका असर न्यूनीकरणका लागि आज विश्वभर उपायहरुको खोजी भइरहेको छ । यसै विषयलाई मध्यनजर गर्दै नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र पारिवारिक निजी बन संघ नेपाल (AFFON) को आयोजनामा राष्ट्रिय अनुकूलन योजना (NAP) कार्यान्वयन विषयक गोष्ठी काठमाडौंमा आयोजना भएको थियो । निजीक्षेत्रबाट सञ्चालित व्यवसायमा जलवायु परिवर्तन अनुकूनल प्रक्रियामा सहभागिता अभिबृद्धिका लागि रणानीति मस्यौदा निर्माणमा निजी क्षेत्रका थिम्याटिक समूहहरुसँग शुक्रबार अन्तरक्रिया गरिएको थियो । जलवायु विषय विज्ञ विजयराज पौडेलले उक्त रणनीतिक मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।
जलवायु परिवर्तन अनुकूलन प्रक्रियामा सहभागिता अभिबृद्धिका लागि सरकारले नीजि क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै लैजानुपर्नेमा जोड दिएको वन तथा वातावरण मन्त्रालयकी सहसचिव राधा वाग्लेले बताउनुभयो । कार्यक्रममा सहकारीको तर्फबाट राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र नेपाल केन्द्रीय जडिबुटी सहकारी संघ लि. को प्रतिनिधित्व रहेको थियो ।
यसै परिवेशमा नेपाल केन्द्रीय जडिबुटी सहकारी संघ लि. का अध्यक्ष ईश्वरी प्रसाद पाण्डेसँग दिगो विकास लक्ष्यको लक्ष्य नं. १३ को क्लाइमेट एक्सनमा सहकारी क्षेत्रबाट के कस्ता कामहरु भइरहेका छन् र जलवायु अनुकूलनका क्षेत्रमा के गर्न सकिन्छ भन्ने विषयमा साकोस आवाज प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :
नेपाल सरकारको नीति तथा कार्यक्रमले वातावरण अनुकूलतालाई आम जनताको सम्पत्ती कसरी बनाउन सकिन्छ भन्ने विषय अगाडि सारेको छ । सम्पत्ती बनाउनका लागि अहिले तीनवटा क्षेत्र सरकार, नीजि क्षेत्र र सहकारी लागि परेका छन् । तीनवटै क्षेत्रमा यो विषयले आफ्नो भूमिका पुरा गर्न सक्छ भन्ने लाग्छ । त्यसको निर्देशित योजनाले आम जनताको बीचमा प्रतिकूलता पार्छ । सीपमा, सम्पत्तीमा असर पार्छ त्यसमा न्यूनीकरण गर्न जलवायु परिवर्तनले पार्ने असर वा प्रभाव प्रति सजग हुनुपर्छ ।
जलवायु यस्तो चिज हो, जुन मावन सृष्टी, समृद्धि र स्वास्थ्य सँग सरोकार राख्छ । यस सरोकारको विषयलाई हामी सहकारीको माध्यममार्फत आम सदस्यको बीचमा जुन प्रकृतिको रुपमा हुन्छ, त्यो प्रकृति जन्य स्रोतलाई आम मानिसको जीवनयापनसँग, स्वास्थ्यसँग, उसको समृद्धिसँग र समाज रुपान्तरणसँग जोड्नुपर्छ । जोड्का लागि त्यसको पहिलो जवाफदेहिता नेपाल सरकार हुनुपर्छ । दोस्रो कुरा त्यसलाई प्रयोग गर्ने संघ संस्था, नीजि क्षेत्र र सहकारी पनि आफ्नो भूमिकाबाट भाग्नु हुँदैन । सरकार निहितका कार्यक्रम छन्, त्यसैगरी दिगो विकास लक्ष्यका १७ वटा लक्ष्य भित्र पनि जलवायु अनुकुलनका कार्यक्रमहरु राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघहरु समेतले पनि यसलाई आफ्नो मुख्य भूमिकामा जोडेका छन् । किन पनि जोडेका छन् भने प्राकृतिक स्रोतविना मान्छेको एकैछिन् पनि यात्रा छैन, त्यो यात्रालाई निरन्तरतासँग जोड्नका लागि प्राकृतिक स्रोत नै यस्तो चीज हो जसले हाम्रो जीवनलाई पुस्तान्तरण गर्छ, सीपलाई संस्थान्तरण गर्छ । संस्थागत जीवन सञ्चालन गर्न जलवायु परिवर्तन अनुकूलनका अंकहरु कुन चीज पहिलो गर्ने भन्ने निर्कोल गर्नुपर्छ ।
जसका कारणले विषयगत केन्द्रीय संघहरुलाई पहिलो प्राथमिकता के हुन सक्छ भने आ आफ्नो भूमिकामा सबै खालमा जिल्ला संघ, प्रदेश सहकारी संघ मार्फत नि त्यो स्रोत पहिचान गर्नुस् । तपाईका भूगोलमा पर्ने, तपाईंका कार्यक्षेत्रभित्रका किसानहरुमा रहने सदस्यहरुले कुन प्राकृतिक स्रोतमा कुन भूगोल, जुन भूगोलमा तपाईका पुस्ताले तपाईलाई यहासम्म ल्यायो अब तपाई आफ्ना नयाँ पुस्तालाई कसरी जोड्नुहुन्छ, जुन कुरा प्राकृतिक स्रोतसँग जोडिने जलवायु अनुकूलनका अवयवहरु, अंकहरु भित्र पाइलापिच्छे हुने सम्पत्ती जोड्नुस् । जुन जोड्दाखेरी तपाई स्वस्थ, मस्त, व्यस्त हुनुहुन्छ र तपाईले आफ्नो पुस्तालाई पुस्तान्तरण गर्न सक्नुहुन्छ ।
देशका हरेक हिमाल, पहाड, तराई, सीमसार क्षेत्र लगायत स्रोत र साधनमाथी हाम्रो सहभागिता रह्यो भने पहाड हिमालबाट बग्दै आएको नदिले बनाएको बगरलाई हरियाली जडिबुटीजन्य स्रोतहरुमा वा तातो बगरलाई खेतीयोग्य जमिनमा रुपान्तरण गर्न सकियो भने जलवायु परिवर्तनमा पुग्ने असरलाई हामी नियन्त्रित गर्न सक्छौं र हाम्रो स्रोत पनि पहिचान गर्न सक्छौं । बगरले दिने डलर नेपालको अहिलेको गर्मी नियन्त्रण गर्ने आधार पनि हुन्छ । जलवायुको असरलाई न्यूनीकरण गर्न सक्यौं, जलवायु अनुकूलनका नीम्ति खेतियोग्य जमिनमा मात्रै खेति गरेर होइन बगरयुक्त जमिनमा पनि हामीले खेति गरेर खेतियोग्य जमिन सरह सुविधा दिन सक्यौ, त्यहाँ उत्पादित बस्तु पहिचान गर्न सक्यौं, परिचालन गर्न सक्यौं भने हामीले हाम्रो अनुकूलताको समाज र जलवायु अनुकूलतामा शक्तिशाली देश, शक्तिशाली जनशक्ति सहितको हामी नेपाली राम्रो नेपाली, सुरक्षित नेपाली निर्माण गर्न सक्छौं ।
अहिलेको नेपालको संरचना जुन हिमाल, पहाड तराई, सिमसार क्षेत्र सहितको नेपाल छ । राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचानमा नेपाल छुट्टै भूगोल भएको, छुट्टै जनचेतना भएका मान्छेहरुको भूगोल हो भन्ने कुराको चेतना, सहभागिता र त्यसले जलवायु अनुकूलतामा पार्ने सहभागितामूलक कार्यमा अझै बढि महत्व राख्छ । त्यो कारणले पनि नेपाल सरकारको नीति तथा कार्यक्रमका हरेक पटकका बार्षिक कार्यक्रम, रणनीतिक कार्यक्रमहरु पञ्चवर्षीय योजनाहरुमा पनि हामीले आफ्ना गतिविधिहरुलाई जलवायु अनुकूलनका कार्यक्रममार्फत समृद्धिसँग, समाज रुपान्तरणसँग जोड्न सक्छौं ।
नेपालको संविधान २०७२ ले निर्माण गरेको समाजको मुल अर्थतन्त्र निर्माणको आधारमा पनि जलवायु अनुकूलनका कार्यक्रमहरु, प्राकृतिक स्रोतमा सम्बन्धगत बोट विरुवा तथा बृक्षारोपणका कार्यक्रमहरु गर्ने, उत्पादन भएको वस्तुको संकलन प्रशोधन र निर्यातमा जोड्ने र नेपालमा हरिया डलर भित्र्याउने अभियानमा सबै जाग्नुपर्छ । आज वेरोजगार भएका कारण जो हजारौं युवाहरु नेपाल छाड्दैछन्, तिनीहरुलाई पनि जलवायु अनुकूलनका कारण नेपालमा हरेक कुरा सम्भव छ है, मेरो रोजगारका लागि, मेरो स्वास्थ्यका लागि, मेरो शिक्षाका लागि र मेरो पुस्ताका लागि पनि नेपालको जलवायु अनुकूलन विश्वका सवै भन्दा पहिलो नम्बरमा छ, भन्ने कुराको ज्ञान दिनसक्नुपर्छ । यहाँको हिमाल, पहाड, तराई तथा सीमसार क्षेत्रबाट पाइने जडिबुटीजन्य स्रोतको संकलन, भण्डारण र खेतियोग्य जमिन बगर बन्दै गरेको क्षेत्रमा व्यावसायिक खालको जडिबुटी तथा व्यावसायिक खालको बगर खेती गर्दा हामी जलवायु अनुकूलनका सकारात्मक कार्यहरु गर्न सक्छौं, जसका कारणले जलवायुले पार्ने प्रतिकुलपूर्ण असरहरुबाट हामी न्यानो, सुकिलो र स्वस्थ हुन सक्छौं । जुन अहिले प्रकृतिगत तापक्रमको असर परिराखेको छ, जसका कारणले श्रम केन्द्रीत मान्छेहरुलाई अव त्यो जलवायुको प्रतिकुल असरका कारण जमिन सुख्खा हुने, नदी किनारका जमिनहरु अझै बगरमा परिणत हुने अतिबृष्टी, अनाबृष्टी जस्ता प्राकृतिक प्रकोपहरुको रेखा बढिरहेको छ, त्यसलाई पनि आफ्नो भूगोलभित्र समग्र क्षेत्रसँग जोडेर कार्यगर्न सक्यौं भने हामीले हाम्रा गतिविधिलाई जलवायु अनुकूलनका कार्यक्रम मार्फत नियन्त्रण र सुरक्षित गर्न सक्छौं ।
जलवायु अनुकूलनमा आन्तरिक रुपमा हामी बलियो हुन सक्यौ भने अन्तर्राष्ट्रिय बजारमा आइरहेको कार्वन उत्सर्जनको जुन पीडा छ, त्यसबाट पनि नेपालले राहतको अनुभूति गर्न सक्छ । त्यसो गरिरहँदा खेरी हामी यो सँग जोडिने सहकारी र सहकारी अभियानका सबै अभियन्ता, विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास वोर्ड समेतले नेपाल सरकारको विभागीय मन्त्रालय र सो सँग सम्वन्धित मन्त्रालय, सहकारी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन, नागरिक उड्डयन मन्त्रालय लगायत जति पनि जनतासँग सरोकार राख्ने कृषि तथा पशुपक्षि विकास मन्त्रालयका समेत योजना तथा कार्यक्रममा हामीले जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा जोड्ने र त्यो अन्तर्गतका नीति तथा कार्यक्रममा हामीले हाम्रो अभियान र आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न सक्यौं भने जलवायु अनुकूलनका गतिविधिहरुले भावी पुस्तालाई नयाँ योजनासहितको नयाँ जीवन दिनसक्छौं ।
२४ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१३ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि
१० दिन अगाडि
१२ दिन अगाडि