कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन

कैलाली । सुदुरपश्चिम प्रदेश अन्तरर्गत कैलालीको बर्दगोरिया गाँउपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन तालिम प्रदान गरिएको छ ।  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को  आयोजना र बर्दगोरिया गाँउपालिकाको सहकार्यमा आधारशिला कार्यक्रम अन्र्तगत सहकारी व्यवस्थापन तालिम आईतबार सञ्चालन गरिएको थियो ।

नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकास तथा सशक्तिकरणका लागि गतबर्षदेखि आधारशिला कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।  

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् कञ्चनपुर फिल्ड व्यवस्थापन उप समिति संयोजक माधव प्रसाद जोशीको अध्यक्षता र बर्दगोरिया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो । कार्यक्रमका अतिथिहरुमा बर्दगोरिया गाँउपालिकाका सहकारी शाखा अधिकृत झपि राज ओझा र सूचना प्रविधि सहायक सिताराम चौधरीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बर्दगोरिया गाँउपालिका कैलालीमा सञ्चालित विभिन्न प्रकृतिका सहकारीबाट २८ जना व्यवस्थापक र अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका कार्यक्रम अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन र व्यवस्थापन धनगढी सेवा केन्द्र कैलालीका इन्चार्ज योगेश बोहराले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप