छुट्टै संयन्त्र निर्माण गरी सहकारीको अनुगमन तीब्र पारिने : प्रदेश मन्त्री पौडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छुट्टै संयन्त्र निर्माण गरी सहकारीको अनुगमन तीब्र पारिने : प्रदेश मन्त्री पौडेल

चितवन । बागमती प्रदेश–भूमि व्यवस्था, सहकारी तथा गरीबी निबारण मन्त्री बलराम पौडेलले मन्त्रालयमा सहकारी अनुगमन संयन्त्र निर्माणका लागि बहस भैरहेको र छिट्टै उक्त संयन्त्र गठन गरी प्रदेश भित्रका सहकारीहरुको अनुगमनमा तीब्रता ल्याइने बताउनुभएको छ । 

बागमती प्रदेश सहकारी विकास बोर्डको लागत सहभागितामा चितवनको मंगलपुर बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित सहकारी व्यवस्थापन एवं वित्तीय साक्षरता विषयक तालिम कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बागमतीमा सहकारी सुशासन जटिल बन्दै गइरहेको तर्फ संकेत गर्दै अनुगमन संयन्त्र निर्माणको काम भइरहेको बताउनुभएको हो । बागमती प्रदेशमा सञ्चालित झण्डै १२ हजार सहकारीको विकास, प्रवर्धन र सुशासन कायम गर्ने दौरानमा निरन्तर लागिरहेको उहाँले दाबी गर्नुभयो ।  

साथै उहाँले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा आफ्नो लगानी बृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । सहकारीहरुले आफ्ना सदस्यहरुको पहिचान गरी सेवा विस्तार र उद्यमशील सदस्यहरुमा लगानी प्रवर्धन गर्दै उत्पादन र उत्पादकत्व बृद्धिमा जोडदिन आग्रह गर्नुभयो । विकास बोर्डसँगको साझेदारीमा तलिम कार्यक्रम सञ्चालनका लागि चितवन बाट मंगलपुर साकोस छनौट भएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो । 

साकोसका अध्यक्ष बाबुराम परियारको अध्यक्षतामा साकोसको सभाहलमा सुरु भएको उक्त तालिम असार ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । तालिमको सहजीकरण सहकारी अभियन्ता विनोद अधिकारीले गर्नुभएको छ । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सदस्यहरु र कर्मचारी गरी ५२ जनाको सहभागिता रहेको छ । 

तालिम उद्घाटनका अवसरमा साकोसका पूर्व अधयक्षहरु क्रमशः क्षेत्र प्रसाद सापकोटा, इन्द्र बहादुर बस्नेत, मन्त्रिका स्वकीय सचिव प्रेम न्धिि पौडेल, ज्योति महिला साकोसका अध्यक्ष कमला पोख्रेल, लेखा सुपरिवेक्षण समिति संयोजक सुदिप पौडेल लगायतको उपस्थिति रहेको थियो । 

साकोसका अध्यक्ष बाबुराम परियारले मन्त्रीज्यूबाट आएका सुझाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सकोसको विकास र समृद्धिको लागि सधै लागिरहेने बताउनुभयो । कार्यक्रम सञ्चालन साकोसका व्यवस्थापक रामजी घिमिरेले गर्नुभएको थियो । 

भरतपुर महानगरपालिका वडा नं. १६ गाविस चोकमा रहेको मंगलपुर साकोस जिल्लामा उत्कृष्ट सहकारीको पहिचान निर्माणमा अग्रपंक्तिमा छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप