काठमाडौंका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

माता बालकुमारी साकोस 

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१२ कपन, फैकास्थित माता बाल कुमारी बचत तथा ऋण सहकारी संस्था लि. कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ला बचत संघ (कास्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत माता बालकुमारी साकोस आइतबार कर्ब्समा आबद्ध भएको हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका उपाध्यक्ष शम्भुप्रसाद अधिकारी, नेफ्स्कून कार्यक्रम अधिकृत सोबिता मैनाली तथा फिल्ड इन्चार्ज राधा कुमारी पोखरेल र कास्कुन कार्यक्रम अधिकृत नबराज सुवेदीको सहभागितामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

अबल साकोस

काठमाडौंको टोखा नगरपालिका–८ स्थित अबल बचत तथा ऋण सहकारी संस्था पनि कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । साकोसको कार्यालयमा आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच अबल साकोसका अध्यक्ष श्रीराम के. सी. कोषाध्यक्ष शोभिता श्रेष्ठ , नेफ्स्कून कार्यक्रम अधिकृत सोबिता मैनाली तथा गोंगबु फिल्ड कार्यालयका वरिष्ठ सहायक पुरुषोत्तम धिताल र कास्कून कार्यक्रम अधिकृत नबराज सुवेदीको सहभागितामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । 

सम्झौता पछि संस्थाको जोखिम पहिचानका लागि स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गरि दुवै संस्था स्तरीकरणका कार्यहरुको कार्यान्वयनमा नियमित लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप