विद्यार्थीकालका साथीहरुको सहयोगबाट ऋण मुक्त बन्यो परिवार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्यार्थीकालका साथीहरुको सहयोगबाट ऋण मुक्त बन्यो परिवार

मन्थली । सहकारीबाट ऋण लिएको केही बर्षपछि मृत्यु भई समस्यामा रहेका मृतकका घरपरिवारलाई विद्यार्थीकालका साथीहरुको सहयोगबाट ऋण मुक्त बनाएको छ । ६ बर्ष अघि मृत्यु भएका जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका हुन् । 

विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही समयमा उनको मृत्यु भए पछि उक्त ऋण ब्याज सहित ९५ हजार पुगेको थियो । बिकको मृत्यु पश्चात उनको नाबालक छोराले उक्त ऋण तिर्ने अबस्था थिएन र धितो लिलाम हुने स्थितिमा पुगि सकेको थियो । 

मृतक सहपाठी साथीको जग्गा नै लिलाम हुन लगेको र उनका छोराहरू घरबार बिहिन हुने अवस्था  सुने पछि २०५५ साल एसएलसी ब्याजमा पढ्ने विद्यार्थीहरूले आफू आफूले धेरथोर रकम उठाएर सहकारीको ९५ हजार रुपैँया ऋण तिरिदिएका हुन । 

मंगलबार बिहान २०५५ सालको एसएलसी ब्याजले मन्थली माविमा एक  कार्यक्रमको आयोजना गरी विकका छोराहरूलाई सहकारीको ऋण तिरेर निखनेको जग्गाधनी पुर्जा हस्तान्तरण गरेका थिए  । ९५ हजार मध्ये मन्थली बचतले ३५ हजार छुट गरिदिए पछि ६० हजार नगद २०५५ सालको एसएलसी ब्याजले तिरेको हो ।  मृतक बिकका  २२, १८ र १२ वर्षका ३ भाइ छोरा छन् । मृतककी श्रीमतिको पनि निधन भइसकेको बताइएको छ । 

विकका १२ वर्षीय छोरालाई मंगलबार नै विद्यालय सामाग्री समेत हस्तान्तरण गरिएको छ । उहाँले पढ्न चाहेमा उच्च शिक्षासम्मको खर्च समेत सोहि व्याजका विद्यार्थीले नै जुटाउने  सहयोग हस्तान्तरण कार्यक्रमका अध्यक्ष तिर्थ सुबेदीले बताउनुभयो ।  

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्थली बचतले पनि पीडित परिवारलाई क्रिया खर्च बापतको रकम रु २० हजार हस्तान्तरण गरेको थियो ।

वडाध्यक्ष कार्कीले विकका छोराहरूको वृद्धि विकासका लागि आफू हर तवरले लाग्ने बताउनुभयो  । कार्यक्रममा बोल्दै  मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले पनि छोराको अध्ययनका लागि आबश्यक सहयोग गर्ने बताउनुभयो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप