के हो सहकारिता ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
के हो सहकारिता ?

हामीले सहकारिता सिकाएनौं । हाम्रा संस्थाहरु बचत र ऋणमा मात्र केन्द्रीत भए । यसले मात्र मानव जीवनमा परिवर्तन आउँदैन । यसैले सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ ?

मानव जीवनका लागि दुई वटा कुरा सबैभन्दा बढी महत्वपूर्ण छन्, एक नियम र अर्को प्रेम । यी दुई चीजले जीवनलाई सार्थक बनाउँछ ।

समाज भौतिवादको विकाससँगै आफु मानव भएर जन्मनुको अर्थ बिर्सदै गैरहेको छ । सहकारीको नेतृत्वले प्रेम गर्नुपर्दछ र प्रेम गर्न सिकाउनुपर्दछ । तर यो सँगै मानव जिवनको असल आचरण र पद्धतीको नियमहरु पनि बसाउनुपर्दछ । संसारमा धनी र गरिबबीच खाडल बढ्दो छ । यसले सामाजिक न्याय संकुचित भएको छ । हामीहरु एउटा क्रेटमा राखिएको गँगटोजस्तो छौं । जसरी एउटा गँगटोे क्रेटबाट बाहिर निस्कन लागेको अर्को गँगटोलाई फेरि तानेर सोही क्रेटमा खसालिदिन्छ । हामी हाम्रै घरबाट अन्यायको सुरुवात गर्छौं । एसियामा अहिले पनि महिलाहरु आफ्नै घरबाट अन्याय सहन बाध्य छन् ।

समयको परिपालना सिकाउनु धेरै आवश्यक छ । अनुशासन महत्वपूर्ण कुरा हो । हामी संगठनमा जसले बढी काम गर्दछ, उसैलाई मात्र सबै काम सुम्पिदिन्छौ । त्यो व्यक्तिको अनुपस्थितिमा संगठन सञ्चालनमा निरन्तरता दिन नसकिने अवस्था आउँदछ । यसैले भूमिका र जिम्मेवारीमा सबै मानिसलाई उत्तिकै जिम्मेवार बनाउनुपर्दछ ।  

युरोपको एक रिपोर्टले ६० प्रतिशत मानिसहरु काममा रमाउँदैनन् । उनिहरु किन त्यो काम गरिरहेका छन भन्दा त्यसले पैसा आएको छ, त्यसैले गरेको बताएका छन् । 

मानिसहरुमा पैसाको आकांक्षा बढेको छ । यसले मानिसहरुलाई वार्षिक कति बिक्रि भयो र कति नाफा कमायो भन्ने विषय मात्र प्राथमिकतामा परेको छ । तर हामी सहकारीकर्मीहरुले कुनै पनि उत्पादनमा कति मानिसको सहभागिता भयो, 'Do not focus on turnover, focus on people engagement' त्यसलाई प्राथमिकतामा राख्नुपर्दछ । मानवोदय ईन्स्टिच्युटले समाजमा यस्तै काम गर्नको लागि थुप्रै सेल्फ हेल्प समूहहरु बनाएको छ । हामीले वातावरण संरक्षण र स्थानीय रोजगारीको लागि स्थानिय उत्पादन स्थानिय उपभोगको अवधारणामा काम गरिरहेका छौं । 

'We are working on Participatory Business Development' यो काम गर्न सजिलो छैन् किनकी सबैभन्दा पहिले मानिसको चेतना स्तर, सोचमा परिवर्तन ल्याउन जरुरी छ । हामीले विशेषगरी महिला र युवाहरुलाई लक्षित गरेका छौं । सकरात्मक सोचका लागि हामी सबैभन्दा पहिले उनिहरुलाई केही समय ध्यान योग गराउँछौ ।

समुदायमा काम गर्ने हामीहरु पहिल्यै हाम्रो विकासे एजेण्डा अरुलाई थोपरीदिन्छौ । यो गलत हो । सबैभन्दा पहिला तपाई हामीले सुन्न सिक्नुपर्दछ । सबैलाई सिकायत गर्न दिनुपर्दछ । हामीले समुदायमा छलफल गराउँदा सबैभन्दा पहिले उहाँहरुलाई आफ्ना कुराहरु राख्न दिन्छौं । कतिपय मिटिङमा उहाँहरु आक्रामक शैलीमा प्रस्तुत हुनुहुन्छ । उनिहरुको कुरा सुन्नाले हामीले समुदायको अप्ठ्यारा कुराहरु के के हुन भन्ने थाहा पाउन मद्दत गर्दछ । 

वातावरण विनास सम्पूर्ण पृथ्वी बासीहरुको लागि खतराको संकेत बनिसकेको छ । मैले विगतमा भन्दा अहिले धेरै तापमान बढेको पाएको छु । यसैको असरले केही टापुहरु समुन्द्रमुनि पुग्ने जोखिम बढ्दै गएको छ । हामी सबैले यस बारे बेलैमा सोचेनौं भने यो विनासले कसैलाई छोड्ने छैन । तर हामी कसैले यसलाई गम्भीर रुपमा लिएका छैनौं ।

हाल नर्वेले वातावरण संरक्षणका लागि युवाहरुलाई विशेष रुपमा अघि सारेको छ । अब हामीले उपभोग घटाएनौं भने यसले दुरगामी असर पार्ने निश्चित छ । मानिसको आकांक्षा असिमिति छ । एउटा मानिसलाई ४ जोर कपडाले बर्षभरि पुग्छ भने उ किन २० जोर खरिद गर्छ ? आडम्बर र देखावटीका लागि गरिएको यो अधिक उपभोगले वातावरणलाई कसरी विनाश गर्दछ र मैले यसमा कसरी योगदान गर्न सक्छु भनेर नसोच्ने हो भने यसले विनास ल्याउने निश्चित छ । व्यक्ति व्यक्तिमा जागरण ल्याउन जरुरी छ । यस्तै, पानीको मुद्दा पनि यस्तै छ । जलाधार संरक्षण गर्न सकेनौं भने यसले मानव जीवनमा गम्भिर असर गरेको प्रशस्तै उदाहरणहरु छन् ।

हामीले सहकारिता सिकाएनौं । हाम्रा संस्थाहरु बचत र ऋणमा मात्र केन्द्रीत भए । यसले मात्र मानव जीवनमा परिवर्तन आउँदैन । यसैले सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ ? हामीहरुमध्ये यी विषय उठाउनेहरु कि त राजनीतिक रुपमा स्थापित हुन् वा जागिरको रुपमा काम गर्नेहरु मात्र छौं । सहकारीको नेतृत्व गर्नेहरुले सहकारी स्थापना गर्नुको उद्देश्य के हो ? हामी जे काम गछौं त्यसबाट चेतनास्तरमा विकास भएको छैन भने त्यो काम छोड्नुपर्छ । कुनै काम सुरुवात गरेपछि त्यसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ ।

मैले भनेको कुरा हामी सबैले पहिले पनि जानेकै हो र हामी सबै जान्ने बुझ्ने नै  छौं । तर जाने बुझेका कुरा हामी व्यवहारमा लागु गर्दैनौ । यसैले आजैबाट आँफैबाट जानेका कुरा गर्न सुरु गरौं । 

(नेफ्स्कूनको आयोजनामा भएको ‘चौथो साकोस शिखर गोष्ठी–२०७९’ मा मानवोदय इन्स्टिच्युट अफ पार्टिसिपेटरी डिभेलपमेन्ट, भारतका निर्देशक वरुण विद्यार्थीले राख्नुभएको उत्प्रेरणात्मक अभिव्यक्तिको सम्पादित अंश )
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप