कोपोमिस कार्यान्वयनमा अटेरी गर्ने सहकारीलाई विभागले कारबाही सुरु गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोपोमिस कार्यान्वयनमा अटेरी गर्ने सहकारीलाई विभागले कारबाही सुरु गर्ने

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले राज्यले जारी गरेको कोपोमिस कार्यान्वयन सम्बन्धी कानुनको अवज्ञा गर्न कसैलाई छुट नहुने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित कोपोमिसमा समष्टिगत विवरण प्रविष्टिमा संघ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले भन्नुभयो, “सहकारी सम्बन्धी सम्पूर्ण कार्य विभाग मार्फत हुने अनि विभागमार्फत राज्यले जारी गरेको कोपोमिस कार्यान्वयन गर्न अटेरी गर्ने ?” यो विषयमा कसैलाई पनि छुट हुँदैन, यदि अटेरी गरेमा कानुन बमोजिमको कारबाही प्रक्रिया सुरु हुन्छ, उहाँले भन्नुभयो । 

विभागले कोपोमिस कार्यान्वयनलाई प्राथमिकतामा राखेको र सरकारले पनि उचित बजेट विनियोजन गरेको बताउनुभयो । विभागमार्फत १५ हजार ३ सय ४० सहकारी संघ संस्थाले कोपोमिसको पासवर्ड लगेको भएपनि हालसम्म ९ हजार २ सय २९ संस्थाले मात्र सिस्टम ओपन गरेको विभागले जनाएको छ । हालसम्म जम्माजम्मी ५ हजार १ सय ३१ सहकारीले आफ्ना करिब १८ लाख सदस्यको ३ पुस्ते विवरण भरेको पाइएको विभागमार्फत गरिएको प्रस्तुतिकरणमा उल्लेख गरिएको थियो ।

त्यसैगरी विभागले कोपोमिस कार्यान्वयन गर्न संघीय मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र गर्न अनुरोध गरेको र आन्तरिक राजस्व विभाग अन्तर्गत ८४ वटै आन्तरिक राजस्व कार्यालयहरुमा पत्राचार गरी कोपोमिसमा गएका सहकारीलाई मात्र करचुक्ता प्रमाणपत्र दिन आव्हान गरिएको रजिष्ट्रार पण्डितले जानकारी गराउनुभयो । 

सो अवसरमा राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लगायतले कोपोमिसमा समष्टिगत विवरण प्रविष्टिमा आबद्ध सदस्य संघ संस्थाहरुमाझ लगिएको योजनाबद्ध कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो । 

सो अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोपोमिसमा आबद्ध हुन नचाहने सहकारीहरुले आफ्नो सहकारी कर्म छोडेर अगाडि बढ्न अनुरोध गर्नुभएको छ । कोपोमिस सहकारीको वास्तविक तथ्यांक तयार गर्ने र सहकारी सम्बन्धी आवश्यक नीति निर्माण सहजता ल्याउने उद्देश्यले सुरु गरिएको हो, यसमा कुनै पनि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना समष्टिगत विवरण अद्यावधिक गरेर अगाडि बढ्न चाँहदैन भने त्यसका लागि कुनै पनि सेवा सुविधा र सहयोग बाट अलग गरेर जानुको विकल्प नभएको उहाँले प्रष्ट पार्नुभयो ।

नेफ्स्कूनले कोपोमिस निर्माणको सुरुवाती चरणदेखि यस विषयमा निकै बहश र छलफल अगाडि बढाउँदै आएको छ, आज पनि संघले गर्ने हरेक कार्यक्रम र फिल्ड कार्यालय मातहत कोपोमिस अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, “नेफ्स्कूनले कोपोमिस कार्यान्वयनलाईलाई प्राथमिकतामा राखेको छ, सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई यसको कार्यान्वयनमा इमान्दारीताका साथ लाग्न अनुरोध गर्दछु,  उहाँले भन्नुभयो । ” 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले कोपोमिसलाई सफल बनाउन बैंकले योजना बनाएरै अगाडि बढ्ने तयारी गरिरहेको बताउनुभयो । कोपोमिस कार्यान्वयनका विषयहरुमा तुरुन्त जानकारी लिन सकिने भएकोले जुम मार्फत कार्यक्रम गरेर दैनिक ५०० सहकारीलाई कोमोपिसमा आफ्ना डाटा प्रविष्टि गर्न सघाउने गरी तयारी गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । 

बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा र राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक सुरेश थापाले राज्यले सुरु गरेको सहकारी सम्बन्धी सूचना व्यवस्थापन प्रणालीमा सबैको सहभागिता अनिवार्य रहेको प्रष्ट्याउनुभयो ।  

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले राज्यले करोडौं लगानी गरेर तयार गरेको कोपोमिस सिस्टममा थोरै मात्र सहकारी आवद्ध भएको बताउँदै सरकारको यस अभियानमा सहकारीहरुले साथ दिनुपर्ने बताउनुभयो । सहकारीको तथ्यांक समेत नभएको अवस्थामा कोपोमिसमा आवद्ध भएर नियमित विवरण भरेको अवस्थामा तत्काल डाटा आउने  उहाँले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप