स्थापना दिवसका अवसरमा डाँफे साकोसका ३८ सदस्य सम्मानित, सदस्य क्रियाशिलतामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा डाँफे साकोसका ३८ सदस्य सम्मानित, सदस्य क्रियाशिलतामा जोड

दमक । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं स्थापना दिवसको अवसरमा असार २० गते सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 
विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गरेका ३८ सेयर सदस्यहरु साकोसबाट सम्मानित भएका थिए । सदस्य नै साकोसका मालिक भएको  हुँला सदस्य क्रियाशिलता अभिवृद्धि गर्न असल सदस्यहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको साकोसले जनाएको छ । 

सो अवसरमा साकोसद्वारा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

साकोसको १६औं स्थापना दिवस विशेष समारोहको समुद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.( नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । अध्यक्ष पौड्यालले साकोसलाई शुभकामना दिँदै साकोसले आफ्ना सदस्य र उनीहरुको परिवारको शिक्षा, स्वास्थ्य एवम् खानपान गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई आय आर्जन र धन सृजनाको श्रंखलामा जोड्न विभिन्न व्यावसायिक सीप विकास तथा तालिमहरुमा जोड्नपर्ने बताउनुभएको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले बचतलाई उत्पादनसँग जोड्न र सदस्यहरुलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन साकोसहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न स्थापना दिवस समारोहमा साकोसका वित्तीय कारोबारको अवस्था प्रस्तुतीकरण सहित साकोसले गरेका सामाजिक आर्थिक क्रियाकलापहरुका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा साकोसका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव लिलानाथ खनालले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप