सफ्ट स्किल समयको माग होः नेफ्स्कून महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सफ्ट स्किल समयको माग होः नेफ्स्कून महासचिव अधिकारी

पनौती । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले संघको व्यवस्थापनबाट उच्च व्यावसायिकता र नतीजामुखी कार्य अपेक्षा गरेको बताउनुभएको छ । 
नेफ्स्कूनको मानव संशाधन मुलकुभरका साकोसहरुका लागि शिक्षा, तालिम, सूचना र जानकारीको श्रोत भएको बताउँदै उहाँले सदस्यहरुको अपेक्षा सम्बोधनका लागि पनि उपल्लोस्तरको व्यावसायिकता र परिणाममुखी कार्य अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो । नेफ्स्कूनको आयोजनामा आजबाट काभ्रेको पनौतीमा सुरु भएको एनएफआरएस तालिमको उद्घाटन गर्दै प्रमुख व्यक्तित्व महासचिव अधिकारीले उक्त अनिवार्य आवश्यकताको व्यावहारिक परिणतिका लागि मानव संशाधनलाई क्षमता विकासका कार्यक्रमहरुमा निरन्तर जोडिएको उल्लेख गर्नुभयो । उहाँले कर्मचारीहरुलाई समयसापेक्ष दीक्षित बनाउँदै लाने रणनीतिक योजना संघको रहेको दाबी गर्नुभयो ।

महासचिव अधिकारीले कर्मचारीहरुको क्षमता विकासमा लक्षित तालिम, कार्यशाला, आदि आयोजनाको विषयलाई भविष्यमा पनि उच्च प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘नेफ्स्कूनका कर्मचारीहरुको क्षमता अभिवृद्धि र वृत्ति विकासलाई उच्च प्राथमिकता र जवाफदेहीताका साथ अघि बढाएका छौं, ’ प्रमुख व्यक्तित्व महासचिव अधिकारी भन्नुभयो, ‘त्यो क्रम अझ परिस्कृत हुँदै जाने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु ।’ उहाँले प्राविधिक विषयको ज्ञान सम्मिलित हार्ड स्किलसँगै इमान्दारी, नैतिकता, विश्वसनीयता, लगनशीलता, शिष्टाचार जस्ता विषय अटाउने सफ्ट स्किल समयको माग भएको भन्दै त्यसतर्फ विशेष ध्यान दिन कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो । नेफ्स्कूनको वृद्धि, विकास र उचो छविलाई थप मजबूत बनाउन यसमा संलग्न मानव संशाधनमा समूह भाव, विश्वास र पारदर्शिता (टीम वर्क, ट्रस्ट र ट्रान्सपरेन्सी–थ्री टी) आवश्यक भएकोमा महासचिव अधिकारीको विशेष जोड थियो ।

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सेनाले एनएफआरएस तालिम अहिलेको आवश्यकता भएको बताउँदै २ दिनसम्म गहनरुपमा सहभागितामूलक हिसाबले तालिममा सहभागिता जनाउन सहभागी सबैलाई आग्रह गर्नुभयो । साथै उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गरी सदस्य साकोसहरुलाई चुस्त र प्रभावकारी सेवा प्रवाहसँग जोडिन आग्रह गर्नुभयो । नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा तालिम सहजकर्ता चार्टड अकाउन्टेन्ट प्रवीण बरालले एनएफआरएस तालिमले नेफ्स्कूनका कर्मचारीहरुको क्षमता विकासमा थप सहयोग पुर्याउने बताउँदै सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । सहभागीहरुका सबै किसिमका जिज्ञासाहरुको सरल र सहज ढंगबाट सम्बोधनका लागि आफु तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो । संघको तालिम तथा स्रोत केन्द्र विभाग एवम् सदस्य सेवा विभागका कर्मचारीहरु सहभागी तालिम असार २७ गते सम्म चल्ने छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप