भक्तपुर जिल्ला बचत संघद्वारा “महिला सहकारीका समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघद्वारा “महिला सहकारीका समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया सञ्चालन

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिको आयोजनामा १०० औं अन्तरराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “महिला सहकारीको समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । 

शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन २०४८ आएपश्चात देशमा सहकारी संस्थाको बढोत्तरीसँगै संस्थागत सुशासनको सबालमा पनि चुनौति थपिएको बताउनुभयो । सहकारीको यथार्थ तथ्यांक पाउन गाह्रो र नियमनको प्रभावकारितामा प्रश्न उठेसँगै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको एकीकृत सूचना प्रणालीको रुपमा ऋइएइःक्ष्क् को निर्माण गरेको बताउनुभयो । साथै कानुन विपरित सञ्चालित बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा रोक लगाउनुपर्ने र त्यस्ता संस्थालाई स्थानीय निकायले कारवाहीको दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले हाल विभागबाट जारी ३५ बुँदे निर्देशनमा संस्थाको तरलता १० प्रतिशत भन्दा कम भएका संस्थाले लाभांश बाड्न नपाइने, बाँडेको पाइएमा कारवाही हुने जानकारी समेत गराउनुभयो । 

संघका सञ्चालक एवं महिला सशक्तिकरण उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले वर्तमान अवस्थामा दर्ता भएका बहुउद्देश्यीय सकारी संस्थाले पारेको प्रभावले महिला सहकारी पनि अछुतो नरहने बताउनुभयो । अन्तरक्रियाबाट महिला सहकारी संस्था सञ्चालनका लागि महिलाको साँस्कृतिक भूमिकालाई परिवर्तन गरी महिलाको नेतृत्वलाई सबल र सक्षम बनाउने, महिला सदस्य केन्द्रित सेवा सुविधालाई जोड दिने, महिला सहकारी बीच सहकार्य र समन्वयलाई निरन्तरता दिने, महिला सहकारी सञ्चालनमा देखिएका समस्याहरुलाई समाधानको लागि एकबद्ध भई समाधानका लागि सम्बन्धित निकायमा पहल, समन्वय र सहकार्य गर्ने, सदस्यलाई निरन्तर सहकारी शिक्षा प्रदान गर्ने र महिला मैत्री नीति नियमको परिपालन र कार्यान्वयनका लागि पहल गर्ने निष्कर्ष अन्तरक्रियाको रहेको जानकारी गराउनुभयो ।

महिला सशक्तिकरण उपसमितिका सदस्य सुवर्णप्रभा गुरागाईले महिला सहकारी सञ्चालनका समस्या, चुनौती र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने संघका व्यवस्थापकले प्रस्तुत भएको कार्यपत्र माथि टिप्पणीकर्ताको भूमिका निभाउँदै महिलाहरुको लागि उद्यमशीलता विकास तालिम दिनुपर्ने, महिला लक्षित सेवा, सुविधालाई ध्यान दिनुपर्ने,  आत्म सहयोग, स्वशासन, स्वउत्तरदायी भई सहकारी संस्थाउनुपर्नेमा जोड दिनुभएको थियो ।

संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । साथै पाञ्चायण महिला साकोसका चन्द्रिका कुँवर, सिद्धेश्वर महिला साकोसका कुसुम अधिकारी, अग्रज महिला साकोसका सुनिता नेपाली, श्री देवीस्थान जागृति महिला साकोसका  निर्मला के.सी., दक्षिणकाली महिला साकोसका शुशिला सुवेदी, नारी सेवा साकोसका विद्या शर्मा, नालाछाप प्रगतिशील महिला साकोसका भवानी खड्का, भक्तपुर महिला साकोसका चञ्चली कर्माचार्याले पनि बोल्नुभएको थियो । 

कार्यक्रममा महिलाद्वारा सञ्चालित सहकारी संस्थाका ३५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप