शुभश्री साकोसद्वारा मोबाईल बैकिङ्ग  सेवा शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभश्री साकोसद्वारा मोबाईल बैकिङ्ग  सेवा  शुभारम्भ

भक्तपुर । शुभश्री बचत तथा सहकारी संस्था लि. भक्तपुरले शनिवारबाट मोबाईल बैकिङ्ग सेवा शुरु  गरेको छ । साकोसले  सदस्यहरुलाई प्रविधिमा जोडेर वित्तीय सेवा दिने उद्देश्यका साथ एम बैंकसँग सहकार्य गरेर मोबाईल बैकिङ्ग सेवा शुरु गरेको हो । सदस्यहरुलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल  बैकिङ्ग  शुरुवात गरिएको साकोसले जनाएको छ ।  

अनलाइन वित्तीय प्रविधिको बढदो विकास सदस्यहरुको आवश्यकता र चाहाना स्वरुप अब अत्याधुनिक बैंकिङ सेवा शुभश्री सहकारीका सदस्यहरुले आफ्नै मोबाइलमा प्रयोग गर्न सक्ने छन । यस मार्फत सदस्यहरूले घरबाटै शुभश्री सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, मोवाईल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, , अनलाइन रेमिटान्स लगायत अन्य थुप्रै सेवाहरू सजिलै  लिन सक्नेछन् । 

साकोसले सदस्यहरुका लागि सहकारी शिक्षा अभिमूखिकरण तथा मोबाईल बैकिङ्ग सेवा शुभारम्भ कार्यक्रमको आयोजना गरि उक्त सेवा शुरु गरेको हो । साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सहायक कार्यकारी अधिकृत एवं व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम  दिनुभएको थियो । आफूले कमाएको केहि रकम भविष्यको लागि बचत गर्नु पर्ने भन्दै उहाँले बचत छुट्टाएर मात्रै खर्च गर्न सुझाब दिनुभएको थियो । वितीय स्वास्थ्य विग्रिदा त्यसको प्रभाव सबै क्षेत्रमा पर्न सक्ने हुँदा प्रत्येक सदस्य वितीय रुपमा स्वस्थ हुनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा एम बैकका सिइओ विष्णु महर्जनले मोबाईल बैकिङ्ग प्रयोग गर्ने तरिका र यसको प्रयोगबाट हुने फाईदाका बारेमा  सदस्यलाई जानकारी गराउनुभएको थियो । 

साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले सेवालाई प्रविधीमैत्री बनाउदेै लैजाने उद्देश्यका साथ मोबाईल बैकिङ्ग शुरु गरिएको बताउनुभयो । सदस्यहरुलाई क्रमश प्रविधिमा जोडेर वितीय  सेवा दिने योजना रहेको उहाँको भनाई थियो ।  कार्यक्रममा साकोसका करिब २०० भन्दा बढी सदस्यहरुको सहभागिता रहको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप