स्थापना दिवसका अवसरमा जनकल्याण साकोसको रक्तदान कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा जनकल्याण साकोसको रक्तदान कार्यक्रम 

कैलाली । सुदूरपश्चिम प्रदेश–कैलालीको टीकापुर नगरपालिका मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यक्रम सहित आफ्नो ११औं स्थापना दिवस मनाएको छ । साकोसले रक्तदान कार्यक्रम र मेरी आमा संस्थालाई खाद्यान्न तथा स्टेशनरी सामान सहयोग गरेको हो । 

कार्यक्रमका अवसरमा टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले सहकारीले सबैसँग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । राम्रा काम गर्ने सहकारीलाई सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दै उहाँले वडा कार्यालय र सहकारीका केहि क्षेत्रहरु एकआपसका मिल्ने भएकोले पनि त्यस्ता   क्षेत्रमा सहकार्यका माध्यमबाट अगाडि बढ्न सबैसमक्ष आग्रह गर्नुभयो । 

वडा नम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले मिहीनेत र इमान्दारिताले संघसंस्था फस्टाउने बताउँदै त्यसको एउटा उदाहरण जनकल्याण सहकारी पनि भएको बताउनु भयो । सहकारी हाम्रो समाजमा रहेको पुँजी चलायमान बनाउने एउटा माध्यम भएकाले यसको निकै महत्व छ, अझै पनि कतिपय सहकारी झोलामा भएकाले त्यसको संरक्षण, प्रवर्धन र विकास आवश्यक रहेको बताउनुभयो । 

समाजसेवि भूवनेश्वर अधिकारीले अपारदर्शीताका कारण टीकापुरमा धेरै संघसंस्थाहरु हराएर गएका बताउँदै जवसम्म पारदर्शिता हुँदैन तवसम्म संस्था बलियो नहुने बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गणेशबहादुर साउँदले आफूले स्थापनाका लागि पहल गरेको सहकारी अहिले यहाँसम्म आइपुग्दा आफूलाई राम्रो काम गरेको महशुस भएको बताउँदै यो सहकारीको विकासका लागि आफ्नो तर्फबाट सहयोग जारी रहने बताउनु भयो । 

सहकारीका सचिव मनोज साउँदले चालु आर्थिक वर्षको असार २७ गतेसम्म सहकारीमा १ हजार १७२ शेयर सदस्य, १ करोड २१ लाख, ९१ हजार ७ सय शेयर पुँजी, ३ करोड, ४७ लाख, ४८ हजार बचत निक्षेप, ५ करोड, ६ लाख, ८७ हजार ऋण लगानी रहेको जानकारी गराउनु भयो ।  

सहकारी चालु वर्षको जेठ मसान्तसम्म १६ लाख, ७२ हजार, ८९५ रुपैया मुनाफा कमाउन सफल भएको जानकारी गराईएको थियो । सहकारीका व्यवस्थापक छविलाल जैशीले आइएमई, प्रभू लगाएतका रेमिटान्स मार्फत सुविधा प्रदान गर्दै आएको, सहकारीको कार्य क्षेत्र टीकापुर र भजनी नगरपालिका तथ जानकी र जोशीपुर गाउँपालिका गरी ४ ओटा पालिकामा विस्तार गरिएको, सुदूरपश्चिम प्रदेशको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको जानकारी गराउँदै आगामी दिनमा कार्यक्षेत्रका प्रत्येक पालिकामा सदस्य सेवा केन्द्र विस्तार गर्ने, सहकारी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने, अन्य सहकारी संस्थाहरुलाई मर्जरमा ल्याउन पहल गर्ने बताउनु भयो । 

सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्टराईले सहकारीलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहकारीले यो छोटो समयमा धेरै पहिचान गराएको र त्यो पहिचान जोगाउन आवश्यक रहेको बताउनु भयो । उपाध्यक्ष नृप भण्डारीले स्वागत गर्नु भएको कार्यक्रममा राजेन्द्र भट्टराई, रजनी शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  

स्थापना दिवसका अवसरमा मेरी आमा संस्थालाई ३ हजार रुपैया बराबरको स्टेशनरी सामान र चामल प्रदान गरिएको थियो । यसैगरी स्थापना दिवसकै अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १६ पिण्ट रगत संकलन भएको सहकारीका व्यवस्थापक छविलाल जैशीले जानकारी दिनुभयो ।

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

Notice
Notice

१२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप