काठमाडौं जिल्ला बचत संघले साउन २१ गते साकोस समिट आयोजना गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं जिल्ला बचत संघले साउन २१ गते साकोस समिट आयोजना गर्ने

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले यहि साउन २१ गते शनिबार एक दिवसीय काठमाडौं साकोस समिट २०७९ गर्ने भएको छ । 

नयाँ आर्थिक वर्षको शुभारम्भसँगै बचत तथा ऋण सहकारी अभियानमा गतिशिलता प्रदान गर्ने उद्देश्यसहित गोष्ठीको आयोजना गर्न लागिएको बचत संघका अध्यक्ष दिपक पनेरुले जानकारी गराउनुभयो । साकोस आवाजसँगको कुराकानीका क्रममा अध्यक्ष पनेरुले साकोस अभियानका नेतृत्व तहलाई लक्षित गरी आयोजना गर्न लागिएको काठमाडौं साकोस समिट २०७९, साकोस सुदृढीकरणमा कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला बचत संघले बार्षिक कार्यक्रम अन्तर्गत नै अभियानबीचका समसामयिक विषय, सहकारी ऐन कानुनबीचका पेचिला सबाल, विद्यमान तरलता अभाव लगायतका विषयहरुमा वृहत अन्तरिक्रया साथै विषय विज्ञहरुबाट समसामयिक विषयकेन्द्रीत कार्यपत्रहरु समेत समिटमा प्रस्तुतीकरण गरिने जनाएको छ । 

हायात रिजेन्सी होटल काठमाडौंमा आयोजना गर्न लागिएको उक्त समिटमा २ सय ५० जनाको सहभागिता रहने बचत संघका व्यवस्थापक अरुण कुमार तिवारीले जानकारी गराउनुभयो । २०७४ सालदेखि सञ्चालन गर्दै आइरहेको जिल्ला स्तरीय गोष्ठी २०७६ देखि कोरोना महामारीका कारण प्रभावित भएको र यस बर्ष नियमित कार्यक्रमको निरन्तरता स्वरुप समिट आयोजना गर्न लागिएको संघले जनाएको छ ।

समिट सहभागिताका लागि निश्चित शूल्क समेत निर्धारण गरिसकेको संघले यही साउन १८ गतेभित्र जिल्लाको साकोस अभियानभित्र विभिन्न नेतृत्व तहमा रहेका नेतृत्वकर्ताहरुलाई आवश्यक विवरण सहितको फाराम भर्न समेत अनुरोध गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप