काठमाडौं जिल्ला बचत संघले साउन २१ गते साकोस समिट आयोजना गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं जिल्ला बचत संघले साउन २१ गते साकोस समिट आयोजना गर्ने

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले यहि साउन २१ गते शनिबार एक दिवसीय काठमाडौं साकोस समिट २०७९ गर्ने भएको छ । 

नयाँ आर्थिक वर्षको शुभारम्भसँगै बचत तथा ऋण सहकारी अभियानमा गतिशिलता प्रदान गर्ने उद्देश्यसहित गोष्ठीको आयोजना गर्न लागिएको बचत संघका अध्यक्ष दिपक पनेरुले जानकारी गराउनुभयो । साकोस आवाजसँगको कुराकानीका क्रममा अध्यक्ष पनेरुले साकोस अभियानका नेतृत्व तहलाई लक्षित गरी आयोजना गर्न लागिएको काठमाडौं साकोस समिट २०७९, साकोस सुदृढीकरणमा कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला बचत संघले बार्षिक कार्यक्रम अन्तर्गत नै अभियानबीचका समसामयिक विषय, सहकारी ऐन कानुनबीचका पेचिला सबाल, विद्यमान तरलता अभाव लगायतका विषयहरुमा वृहत अन्तरिक्रया साथै विषय विज्ञहरुबाट समसामयिक विषयकेन्द्रीत कार्यपत्रहरु समेत समिटमा प्रस्तुतीकरण गरिने जनाएको छ । 

हायात रिजेन्सी होटल काठमाडौंमा आयोजना गर्न लागिएको उक्त समिटमा २ सय ५० जनाको सहभागिता रहने बचत संघका व्यवस्थापक अरुण कुमार तिवारीले जानकारी गराउनुभयो । २०७४ सालदेखि सञ्चालन गर्दै आइरहेको जिल्ला स्तरीय गोष्ठी २०७६ देखि कोरोना महामारीका कारण प्रभावित भएको र यस बर्ष नियमित कार्यक्रमको निरन्तरता स्वरुप समिट आयोजना गर्न लागिएको संघले जनाएको छ ।

समिट सहभागिताका लागि निश्चित शूल्क समेत निर्धारण गरिसकेको संघले यही साउन १८ गतेभित्र जिल्लाको साकोस अभियानभित्र विभिन्न नेतृत्व तहमा रहेका नेतृत्वकर्ताहरुलाई आवश्यक विवरण सहितको फाराम भर्न समेत अनुरोध गरेको छ । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप