काठमाडौं साकोस समिट सम्पन्न, सहकारीमा सुशासन र शुद्धीकरण कायम गर्ने प्रतिवद्धतासहित ९ बुँदे घोषणापत्र जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं साकोस समिट सम्पन्न, सहकारीमा सुशासन र शुद्धीकरण कायम गर्ने प्रतिवद्धतासहित ९ बुँदे घोषणापत्र जारी

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा सञ्चालित एक दिवसीय साकोस समिट २०७९ सहकारीमा सुशासन र शुद्धीकरण कायम गर्ने प्रतिवद्धतासहित ९ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।

कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले गर्नुभएको थियो ।
 
साकोसका विद्यमान समस्या समाधानका उपाय पहिल्याउने उद्देश्यसहित आयोजित गोष्ठीमा सहकारी सम्बन्धी विविध विषयहरुमा विभिन्न विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथिको छलफल पश्चात गोष्ठीमा सहभागी सहकारीकर्मीहरुले ‘अभियानको शुद्धीकरण र सुशासन कायम गरी समृद्ध एवं आत्मनिर्भर समाज निर्माणको उच्च संकल्पसहित’ प्रतिवद्धता पत्र जारी गरेका हुन् ।

प्रतिवद्धता पत्रमा सहकारी संघहरुले गर्ने अनुगमन एवं सुपरिवेक्षणमा सक्रिय सहभागी हुने, सहकारी विभागले अगाडि सारेको प्रवद्र्धनात्मक र निर्देशनात्मक कार्यक्रममा विषयगत जिल्ला तथा केन्द्रीय संघ र विभागसँग समन्वय गरि एकरुपता कायम गर्ने र जिल्ला भित्रका साकोसलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण, स्तरीकरण तथा स्थिरीकरण कार्यक्रममा आवद्ध गर्ने उल्लेख छ ।

यसैगरी गोष्ठीमा सहभागी सहकारीले अधिक दोहोरो सदस्यता भएका संस्थाहरु अनिवार्य एकीकरणमा जान वा लैजान आफैंबाट शुरु तथा अगुवाई गर्ने र बचत तथा ऋण सहकारीका लागि वित्तीय सहकारी ऐन जारी गर्न छाता संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

संघले काठमाडौं साकोस समिट २०७९ सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने  सम्पूर्ण सहकारी अभियानकर्मी, सहकारी विभाग, बागमती प्रदेश सहकारी मन्त्रालय, जिल्लाका ११ वटै पालिकाहरु, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, प्रदेश सहकारी संघ, बागमती प्रोस्कून, जिल्ला सहकारी संघ तथा व्यवस्थापन सहयोगी संघ संस्थाहरुः प्रिमियम टेक्नोलोजिज प्रा.लि., चन्द्रागिरि साकोस, जेष्ट आईडियोलोजी साकोस, देवदर्शन साकोस, नेचुरल साकोस, पासा ग्वाहाली पुचःसाकोस, दर्शन साकोस, हसना भास्तिपुर साकोस, सिन्धु सागर साकोस र सहकारी मिडिया नेपाल सहकारी पत्रकार समाज (सिजेएन) लगाएत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप