‘किसान कल्याण युवा क्लब गठन’–सहकारीमा युवा सहभागिता अभिबृद्धिमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘किसान कल्याण युवा क्लब गठन’–सहकारीमा युवा सहभागिता अभिबृद्धिमा जोड

सुनसरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. सुनसरीले “किसान कल्याण साकोस युवा क्लब“ गठन  गरेको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतको सहजिकरणमा संस्थाको सभाहलमा सम्पन्न  भएको हो । 

सहकारीमा युवाहरुको सहभागिता न्युन भइरहेको  सन्दर्भमा  आम युवाहरुलाई  सहकारी प्रति आकर्षित गर्दै  स्वरोजगार बनाउने उद्देश्यका साथ संस्थाका १८–४० वर्ष उमेर समूह बीचका शेयर सदस्यहरु लाई लक्षित गरेर युवा  क्लब गठन गरिएको हो । ईटहरी – १६, निवासी साकोसका शेयर सदस्य गणेश बहादुर राउतको अध्यक्षता मा ११ सदस्यीय कार्यसमिति गठन भएको छ ।

२०२२ अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस परेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा साकोसले युवा क्लब गठन गरेर सहकारीमा युवा क्रियाशिलता अभिबृद्धको योजना सहित कार्यक्रम अगाडि बढाएको छ । 

शेयर सदस्यहरुलाई हरेक सेवाकेन्द्र मा युवा क्लब मार्फत सक्रिय बनाई  युवा सदस्यहरु बीच खेलकुद तथा अन्य सामिजिक  कार्यक्रम मार्फत  सक्रिय बनाउने,  समाजमा  सहकारी प्रतिको  सकरात्मक दृष्टिकोण विकास गर्ने तथा बढीभन्दा बढी युवाहरुलाई संस्थामा आबद्ध गराउदै युवा प्रोत्साहन कार्यक्रमको खोजि गर्ने  समेत कार्यक्रमको  उद्देश्य  रहेको संस्थाले जनाएको छ । 

संस्थामा उत्कृष्ट कारोवार गर्ने युवा शेयर सदस्यहरू मध्येबाट हरेक वर्ष एक पुरुष एक महिला युवा शेयर सदस्यलाई Youth Member of The Year  को रूपमा पुरस्कृत गरिने, यसरी पुरस्कृत युवा शेयर सदस्यलाई सदस्य ऋणी ग्रिनकार्डको  व्यवस्था गरिने र सदस्य अवलोकन भ्रमणमा  समेत सहभागी गराइने  गरी कार्यविधि तयार गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत  पुष्कर बस्नेतले जानकारी दिनुभयो ।

सबै युवा शेयर सदस्यहरुले किसान कल्याण साकोसले उपलब्ध  गराउदै आएको गुणस्तरीय सेवा र संस्थाको  समग्र जानकारी प्रत्येक युवा माझ पुर्याउँदै  सहकारीमा युवा सहभागिता गराउन पहल  गर्न प्रतिबद्ध रहनुपर्नेमा संस्थाका नवनिर्वाचित अध्यक्ष  गणेश बहादुर राउतले जोड दिनुभएको थियो । बचत तथा ऋण सहकारी संस्थाहरुमा युवा सहभागिता एवं नेतृत्वमा पहुँचका लागि जागरण ल्याउन संस्थाले युवा लक्षित कार्यक्रमहरुलाई जोड दिने पनि जनाएको छ । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप