रुपन्देहीमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

रुपन्देही । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा संघको ३५ औ स्थापना दिवसको पूर्वसन्ध्यामा सहकारीका समसामयिक विषयमा अन्तक्रिया भएको छ ।

कार्यक्रमका संघका संञ्चालक एवं लुम्बिनी प्रदेश संयोजक सन्दीप सापकोटको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय सहकारी महासंघका संञ्चालक एव जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, स्थिरीकरण कोष सञ्चालन समितिका सदस्य ज्ञानु पौड्याल, लुम्बिनी प्रदेश बचत संघका महासचिव ऋषिराम सापकोटा लगाएको आतिथ्यता रहेको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि संघक अध्यक्ष पौड्यालले संघले चुनौतीका विचहरुबाट आशाका किरणहरु जगाई सहकारीका समसामयिक चुनौतिको समाधान एकसाथ खोज्न पहल गरिरहेको बताउनुभयो । उहाँले सहकारी ऐनको प्रभावकारी कार्यन्वयनमा जानुपर्ने धारणा राख्दै कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । साकोसहरुको दिगोपना र संस्थागत विकासका लागि स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषको कार्यान्वयनलाई प्रभावकारी बनाईने उहाँले चर्चा गर्नुभयो ।

साकोस अभियानलाई एकीकृत प्रविधि मार्फत वित्त बजारमा प्रतिस्पर्धी बनाउनको लागि नयाँ प्रविधि विकासको कार्य अन्तिम चरणमा रहेको अध्यक्ष पौड्यालले बताउनुभयो । 

प्रदेश संघका महासचिव सापकोटाले सहकारी एकीकरण अपरिहार्य रहेको धारणा राख्नु भयो । त्यसै गरी स्थिरीकरण कोष संञ्चालन समितिकी सदस्य पौड्यालले सहकारी अभियानको जगेडा कोषको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशिल रहने प्रतिवद्धता व्यक्तगर्नु भयो । 

कार्यक्रमका विशिष्ट अथिति तुलाचनले सहकारीको संरचना राज्य बाट नियन्त्रित हुने भन्दा पनि स्वनियमनामा चल्नुपर्ने धारणा राख्नु भयो साथै अभियानका आईपरेको साझा चुनौतीको सामना गर्न सबैको ऐक्यबद्धता र सहकार्य आवश्यकता रहेको धारणा राख्नुभयो । 

कार्यक्रमका अध्यक्ष एवम् संघका सञ्चालक सापकोटाले संघको निमन्त्रणामा उत्साहजनक सहभागिताको लागि सहभागीहरुलाई धन्यवाद व्यक्त गदै साकोस अभियानको साथमा संघ सधैं रहेको धारणा राख्नु भयो । 

कार्यक्रमा फिल्ड कार्यालयको सेवा क्षेत्र भित्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं व्यवस्थापक गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । संघका कार्यक्रम अधिकृत मनोज खड्काले अर्थतन्त्रको वर्तमान अवस्था आर्थिक मन्दीका कारण सहकारीमा परेको प्रभाव र समाधानका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । सहभागीका जिज्ञासाहरुको सम्बोधन कार्यक्रममा सहभागी अथितिहरु र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नुभएको थियो । 

फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुभकान्त न्यौपानेले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड ईन्चार्ज धमलाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप