गुणस्तर ब्राण्ड प्राप्त गर्न योग्यता बृद्धि गर्दै रुपन्देहीको टुगा आस्था
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुणस्तर ब्राण्ड प्राप्त गर्न योग्यता बृद्धि गर्दै रुपन्देहीको टुगा आस्था

रुपन्देही । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम त्रिवर्षीय रणनीतिक व्यावसायिक योजना २०७६/०७७—२०७८/०७९ को अन्तिम समिक्षा एवम् आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी नेफ्स्कून सञ्चालक सन्दीप सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष डी.बी. थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका व्यवस्थापन प्रमुखले योजनाले गरेको उपलब्धीबारे विश्लेषणात्मक सूचकहरुको प्रस्तुत गर्दै योजना अवधिमा कोभिड महामारीको तिनवटा चरणले प्रभाव पारेता पनि समग्रमा सन्तोषजनक सफलता प्राप्त गरेको तथ्यगत प्रतिबेदन उपर समिक्षा गरिएको थियो ।

नीति, विधि र प्रविधि सहित सुशासनको सवालमा रणनीतिक योजना वमोजिमको लक्ष्य हासिल गरेता पनि पुँजी निर्माण र सदस्य बिस्तारमा लक्ष्य बमोजिम पुरा गर्न नसकेको निष्कर्ष सहित पहिलो रणनीतिक योजनाको समिक्षा गरिएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा पर्ल्स विधिद्वारा संस्थाको सम्पूर्ण वित्तीय संरचना उपर दफावार विश्लेषण, भाखा नाघेको ऋण लगायत संस्थाको प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर, प्रतिफलको दर, तरलता र संस्था वृद्धिको अवस्थाबारे विश्लेषणात्मक समिक्षा गरिएको थियो । साकोसको व्यावसायिक विष्लेशण गर्दै आय फरकता दर, आय विश्लेषण, वासलातको शुद्धता, संचालन खर्च दर लगायत दीर्घकालीन र अल्पकालीन दायित्वको अवस्था र त्यसले पारेको प्रभाव बारे चर्चा गरिएको थियो । 

साकोसले समिक्षा वर्षको अनुमानित मुनाफा  भन्दा ५४.०७ प्रतिशत बढी शुद्ध बचत (मुनाफा) हासिल गर्न सफल भएकोले आफ्ना सदस्यलाई सहकारीको मूल्यमान्यता बमोजिम मुनासिव लाभांसहरु वितरण गर्न सक्ने क्षमता आर्जन गरेको साकोसले जनाएको छ ।

वर्तमान अवस्थामा तरलताको आर्थिक मन्दीमा समग्रमा अनुमानित वासलातको ८२.७१ लक्ष्य पुरा गरेको र संस्थागत पुँजी ६.०३ प्रतिशत बनाउन सफल संस्थाले व्यवसायिक गुणस्तर ब्राण्ड हासिल गर्न योग्यता वृद्धि गरेको छ । 

प्रमुख अतिथि सापकोटाले साकोस नीति विधि र प्रविधिमा संचालित भई दिगो रुपमा सञ्चालन भइरहेकोले साकोसमा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आव्हान गर्नुभएको थियो ।

टुगा आस्था समुदायमा आधारित सहकारी भएकोले अब आफ्ना सदस्यलाई उत्पादनमुखी कर्म तिर प्रोत्साहित गर्दै सदस्यको जीवनस्तरमा हामीले के परिवर्तन गर्न सक्यौ त्यस तर्फ विशेष ध्यान दिन साकोस सञ्चालन गर्न सञ्चालक र व्यवस्थापनलाई आग्रह गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले आफ्नो संस्थाले पारदर्शी ढंगले सबै विषयवस्तु राखेर विश्लेषण गर्ने र अरुलाइ सुसूचित गर्ने कार्य प्रशंसनीय रहेको बताउदै तिन वर्ष अघि हामीले बनाएको योजनाको आधाभन्दा धेरै अवधिमा कोभिड महामारीले पटक पटक प्रभावित बनाएता पनि ७५ प्रतिशतले सफल हुनु गौरबको कुरा भएको बताउनुभयो । 

८२ जना सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा उपसमिति संयोजक एवम् सञ्चालक गोकुल पोखरेलको र कार्यक्रम संचालन सचिव जित बहादुर रास्कोटीको रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप