कर्ब्स कार्यक्रममा आबद्ध सुनसरी पहिलो समूहका साकोसहरुबीच असल सिकाई आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्ब्स कार्यक्रममा आबद्ध सुनसरी पहिलो समूहका साकोसहरुबीच असल सिकाई आदानप्रदान

सुनसरी । निसान साकोस, धरान–६, सुनसरीको आयोजना, नेफ्स्कून र बचत तथा ऋण सहकारी संघ लि., सुनसरीको प्राविधिक सहयोगमा सुनसरी कर्ब्स पहिलो समूहको पानबारी, धरानमा नवौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रावण २९ गते धरान–६, सुनसरीमा सम्पन्न भएको छ । कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स मा आबद्ध सुनसरी जिल्लाका साकोसका कर्ब्स कार्यदल संयोजक/सदस्य, व्यवस्थापक र आयोजक संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा २५ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष चन्द्र बहादुर सुवेदीको अध्यक्षता, प्रमुख अतिथिको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, विशिष्ट अतिथिको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सुनसरीका वरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी बीच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदान प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा आमा साकोस, सुनसरीका व्यवस्थापक पवित्रा घिमिरेलाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको उपाध्यक्ष शिव कटुवाल र सञ्चालन कार्यक्रम सञ्चालक समिति सदस्य हेमराज सुबेदीले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप