बचत समूह राष्ट्रिय संघ गठनका सारथीहरू
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत समूह राष्ट्रिय संघ गठनका सारथीहरू

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को जन्म २०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति बाट भएको थियो । २०५० साल भाद्र २९ गते सहकारी विभागका रजिष्ट्रार शंकरराज जोशीले नेपाल बचत तथा ऋण सहकारी संघ नामाकरण सहित यसको दर्ता गर्नुभयो । राष्ट्रिय बचत तथा ऋण संघ नेपालमा आबद्ध सदस्य समूहहरुमध्ये सहकारी ऐन २०४८ अन्तर्गत दर्ता भएका करिब ४७ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति सहित २०५० साल भाद्र १९ गते तत्कालिन संघ सञ्चालन समितिका अध्यक्ष भोजराज घिमिरेको सभापतित्वमा संघ दर्ता गर्ने प्रक्रिया सहितको बैठक बस्यो । वैठकमा सहकारी विभागका तत्कालिन रजिष्ट्रार शंकरराज जोशी र महिला सहकारी संस्थाका अध्यक्ष रोहिणी जोशीको आमन्त्रित उपस्थिति रहेको थियो ।  

२०५० साल भाद्र १९ गते को बैठकमा उपस्थित ४७ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको हस्ताक्षर सहितको निर्णयले आज नेपालको बचत तथा ऋण सहकारी अभियानको छाता संगठन नेफ्स्कूनको सञ्जाल देशव्यापी बन्न सफल भएको छ । त्यस समयमा योगदान गर्नुहुने संघका संस्थापक अध्यक्ष भोजराज घिमिरे सहित २१ जनाको नामावली साथै भाद्र १९ गतेको बैठकमा उपस्थित ४७ सहकारीका ४७ जना प्रतिनिधिहरुको उपस्थिति आजको यस अभियानको ज्वलन्त इतिहास हो । स्थापना कालका इतिहासका इतिहासकारहरुको नाम नेपालको बचत तथा ऋण सहकारी अभियानमा सँधै अग्रणी रहन्छ । 

नेफ्स्कूनका संस्थापक अध्यक्ष भोजराज घिमिरे आज हामी माझ हुनुहुन्न तर उहाँले कोरेको गोरेटोलाई फराकिलो र गुणस्तरीय पिच निर्माण गरी अनन्त यात्रामा अभियानलाई कुदाउन सँगसँगै धेरै स्वयंसेवी र कर्मचारीको योगदान निरन्तर थपिँदो छ । संघको न्वारनका साँक्षी संस्था र संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति न्यून बन्दै गइरहेको छ भने नयाँ पुस्ताले नयाँ इट्टा थप्दै अभियानलाई अग्ल्याइरहनुभएको छ । अभियानको जगलाई केन्द्रविन्दु बनाउँदै थपिएका इट्टाहरु सबल र गुणस्तयुक्त भएमात्रै संघको अस्तित्व दिगो हुनसक्छ । 

स्थापनाकालका सहयात्री संस्थालाई खोज्दै जाँदा आज हामी करिब २१ वटा संस्था मात्र अस्तित्वमा रहेको पाउँछौं । तर आज अभियानमा एकसाथ यात्रा गर्न यी २१ वटा संस्थासँगसँगै करिब प्रत्यक्ष अप्रत्यक्ष गरी ८ हजार सहकारी संस्था अभियानको साझा यात्राका सहभागी बनेका छन् । स्थापना कालका सहयात्री संस्थाहरुको नाम अन्य नामसँग एकीकरण भएपछि नामाकरण फेरिएको अवस्थामा समेत क्रियाशिल छन् । 

नेफ्स्कून स्थापनाकालका केही क्रियाशील संस्थाहरू 

नेफ्स्कून स्थापनाकालका बचत तथा ऋण सहकारी संस्थाहरु, जुन आज क्रियाशिल र सबल सहकारी संस्थाको रुपमा सदस्य सेवामा हाजिर छन् । स्थापनाकालका बचत तथा ऋण सहकारी संस्थाका केही प्रतिनिधि आवाजहरुलाई यहाँ समेट्ने जमर्को गरिएको छ ।

सामुहिक बचत कल्याण कोष सहकारी संस्था लि. काठमाडौं 

दामोदर प्रसाद गैरे
निवर्तमान अध्यक्ष  

काठमाडौंको सामुहिक बचत कल्याण कोष सहकारी संस्था लि.नेफ्स्कूनको पहिलो सदस्य संस्था हो । सदस्यता नं. १ रहेको सामुहिक बचत कल्याण कोष क्रियाशिल सदस्य संस्थाको रुपमा रहेको छ । सहकारीका संस्थापक अध्यक्ष ज्योतिप्रसाद कंडेल र गोपाल प्रसाद बास्कोटाको स्वर्गबास भइसकेको छ । सहकारीका निवर्तमान अध्यक्ष दामोदर प्रसाद गैरे अहिले बरिष्ठ सल्लाहकारको रुपमा रहनुभएको छ । नेफ्स्कून स्थापनाकालको इतिहास स्मरण गर्दै सहकारी अभियन्ता गैरे भन्नुहुन्छ, “स्वर्गीय भोजराज घिमिरेको अध्यक्षतामा बचत समूह राष्ट्रिय संघ गठनको तयारी भइरहँदा सामुहिक बचत कल्याण कोष सहकारीको सहभागिताले हरेक निर्णयहरुमा एउटा इट्टा थप्ने काम गरेको थियो ।” 

सामुहिक बचत कल्याण कोषका संस्थापक अध्यक्षहरु नेफ्स्कूनका गतिविधिहरुमा निकै क्रियाशिल रहेको स्मरण छ, त्यस बखत हामी सहकारीका हरेक तालिम, कार्यक्रम र अवलोकन भ्रमणमा देशव्यापी पुग्थ्यौं । त्यसले सहकारीको परिकल्पनालाई साकार पार्न सहयोग गर्यो । अहिले नेफ्स्कून नेपालको बचत तथा ऋण सहकारी अभियानमा एउटा अभिभावक संघको रुपमा रहेर बचत अभियानको दिगोपनाका लागि निरन्तर संघर्ष गरिरहेको छ । अभियानको एउटा मार्गदर्शकको रुपमा यसले चालेका कदमहरु उदाहरणीय छन् । सहकारी क्षेत्रको दिगो विकासका लागि अझै धेरै गर्नुपर्ने देखेको छु ।”

सामुहिक बचत कल्याण कोष सहकारी संस्था लि. २०४७ साल चैत्र १४ गते सहकारी विभागमा दर्ता भएको हो । २०५० साल भाद्र २९ गते सहकारी विभागमा नेपाल बचत तथा ऋण सहकारी संघ दर्ता हुँदा सहभागी सदस्य संस्थामध्ये सामुहिक बचत कल्याण कोष सहकारी संस्था लि. संघको १ नं. सदस्य संस्था हो । सुरुमा कृषि विकास बैंकका कर्मचारी र बाणेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कूलका शिक्षकहरुको सहभागितामा प्रति व्यक्ति रु. १ सय बचत संकलन गरेर सहकारी गठन भएको थियो । 

सहकारीमार्फत राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित स्थापना भएको सामूहिक बचत कल्याण कोषको हालको सेयर सदस्यता शूल्क रु. १ लाख र न्यूनतम मासिक बचत रु. १ हजार रहेको छ । सुरुमा सरकारी कर्मचारी, बैंकका कर्मचारी र शिक्षकहरुको सदस्यता मात्र रहेको सामूहिक बचत कल्याण कोष पछिल्लो समय व्यापारिक समूहहरुमाझ समेत लोकप्रिय बन्दै गइरहेको छ । हाल ७ सय ७९ सदस्य रहेको सहकारीको कुल पुँजी ४ करोड २७ लाख ५० हजार रहेको छ । 

सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर

शशीधर पोखरेल
संस्थापक सचिव 

ललितपुरको कुपण्डोलमा रहेको सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कून भन्दा जेठो र नेफ्स्कून स्थापनार्थ सहयोगी संस्थापक सदस्य संस्था हो । अहिलेको नेफ्स्कून त्यतिबेला बचत समूह राष्ट्रिय संघ गठन गर्नका लागि विश्व ऋण परिषद्का प्रतिनिधिहरु सहितको भेलाले २०४५ सालमा सहकारी ऋण कोषको गठन भएको थियो । २०४८ सालको सहकारी ऐन र नियमावली २०४९ आइसकेपछि २०४९ साल भदौ ७ गते सहकारी विभागमा सहकारी ऋण कोषको विधिवद दर्ता भएको थियो ।

नेफ्स्कून स्थापनाका संस्थापक सदस्यहरुमध्ये सहकारी ऋण कोष सबैभन्दा जेठो र हालसम्म क्रियाशिल सहकारी संस्था हो । शुरुमा ऋण कोषमा साझा यातायात भित्रका कर्मचारीहरु मात्र सदस्य रहने गरि गठन गरिएको थियो । स्व. भोजराज घिमिरेको पहलमा तत्कालिन संस्थापक अध्यक्ष शम्भू के.सी.को अध्यक्षतामा गठन भएको थियो पछि उहाँ नेफ्स्कूनको सञ्चालकमा जानुभयो । त्यो बेला साझा यातायातका २५ जना कर्मचारीहरुले प्रति महिना एक सय रुपैंया संकलन गरेर गठन गरेका थियौं । पछि यसलाई साझाभित्र मात्र सीमित गरिनुहुँदैन भनेर बाहिर निस्क्यौं । अहिले ६० करोड माथि कारोबार छ । ३२ सय सदस्य छन् । 

महालक्ष्मी नगरपालिका, मध्यमुर ठिमी नगरपालिका, काठमाडौंको घण्टाघर, मैतिदेवी र चावहिलमा सेवा केन्द्र छन् । ४५ जना कर्मचारी कार्यरत छन् । कुपन्डोलमा आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएको छ । विचका केही समय निश्क्रिय रहेपनि २०६२ सालदेखि भने सहकारी क्रियाशिल रुपमा अगाडि बढ्यो । ५ बर्ष भाडा तिरेरै कार्यालय सञ्चालन गर्यौं । २०६९ सालदेखि भने आफ्नै भवन निर्माण गरेर सेवा सञ्चालन गरिरहेको छौं । 

संस्थाको उद्देश्य बमोजिम बचत तथा ऋणको कारोबार गरेको छ भने सदस्यहरुलाई उद्यशिलता विकास गर्ने उद्देश्यले विभिन्न तालिम तथा शिक्षाका कार्यक्रम सहित उत्पादनमूलक लगानीमा जोड दिएको छ । कृषि क्षेत्रमा कर्जा लगानी बढाएर कृषि उत्पादनमा टेवा पुर्याउने नीति सहकारीको रहेको छ । यस आर्थिक बर्षमा नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणको कार्यक्रम प्रोबेसनमा जाने तयारीमा पनि सहकारी रहेको छ । 

नेफ्स्कूनले बास्तवमै नेपालको बचत तथा ऋण सहकारी अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । तर अझै पनि सहकारी नीति सहकारी मैत्री नबन्दा सरकार समक्ष नेफ्स्कूनको लविइङ कमजोर भएको हो कि भन्ने लाग्छ । सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनमा आबद्ध हुनुपर्छ र सबै बचत तथा ऋण सहकारी संस्थाहरु अनिवार्य रुपमा नेफ्स्कूनसँगै कारोबार गर्ने वातावरण निर्माण हुनुपर्छ भन्ने लाग्छ । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. सुरुदेखि नै नेफ्स्कूनको सहयोगी छ र आगामी दिनमा पनि नेफ्स्कूनकै साथ सहयोगमा रहने विश्वास लिएका छौं । 

अरुणोदय बचत तथा ऋण सहकारी संस्था लि. पर्सा 

राजेश पण्डित
संस्थापक अध्यक्ष 

मधेश प्रदेश अन्तर्गत पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ मा स्थापित अरुणोदय बचत तथा ऋण सहकारी संस्थाको इतिहास नेफ्स्कूनको भन्दा पुरानो छ । नेफ्स्कूनको जन्म २०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समितिबाट भएपनि यसको न्वारान भने २०५० साल भाद्र २९ गते सहकारी विभागका रजिष्ट्रार शंकरराज जोशीले नेपाल बचत तथा ऋण सहकारी संघ नामाकरण सहित गर्नुभएको थियो । तर अरुणोदय साकोस भने २०४९ साल माघ २९ गते नै काठमाडौं सहकारी विभागमा दर्ता भएको थियो । 

म र मेरो एकजना साथी अरुणोदय युवा क्लब पर्साबाट २०४९ सालमा ललितपुरको चापागाउँमा सञ्चालित तालिमका सहभागी भएका थियौं । तालिम प्रशिक्षक बासु न्यौपाने र रामहरि के.सी. हुनुहुन्थ्यो । तालिमका क्रममा बचत तथा ऋण सहकारी संघको विषयमा उहाँहरुले केही कुराकानी गर्नुभएको थियो । कुराकानीबाट हामी दुवैजना अलि प्रभावित भयौं । त्यो बेला गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारीको पनि उहाँहरुले निकै कुरा गर्नुभयो । काठमाडौंबाट फर्कने क्रममा हामीलहरुले विकू बचत तथा ऋण सहकारी संस्थाको पनि भ्रमण गर्यौं । त्यसले सहकारी मार्फत साँच्चिकै गरिबहरुको उत्थान गर्न सकिन्छ की भन्ने सोच पलायो । गरिबहरुको उत्थान गर्न र रोजगारी निर्माण गर्न सकिन्छ भन्ने भइसकेपछि हामीले गाउँका ५० जना भेला भएर २५/२५ रुपैंयाका दरले बचत संकलन गर्यौं । २०४९ साल असोज २ गते अरुणोदय सहकारी गठन गर्यौं । संकलित बचत दुईजनालाई ६/६ सय रुपैंयाका दरले ऋण पनि दियौं । 

सहकारीलाई नियमबद्ध सञ्चालन गर्ने सोच सहित काठमाडौं सहकारी विभागमा २०४९ साल माघ २९ गते दर्ता गर्यौं । त्यो समयमा डिभिजन सहकारी कार्यालयहरु खुलेका थिएनन् । जतिपनि सहकारी दर्ता हुन्थ्ये, सहकारी विभागमार्फत मात्रै हुन्थ्ये । त्यो बेला बचत ऋण सहकारी संघमा हरि घिमिरे हाकिम हुनुहुन्थ्यो । त्यतिबेला बचत समूह राष्ट्रिय संघ नाम थियो । कार्यालयमा पुग्दा मलाई साह्रै तिर्खा लागेको थियो । मैले पानी माग्दा हरि घिमिरेले सानो घैंटाबाट आँफैले पानी सारेर दिनुभएको स्मरणमा छ ।  

त्यस समयमा सखुवा प्रसौनी गाउँपालिकाका मानिसहरु जंगलबाट लठ्ठी काटेर भारतमा लगि बेच्चे गर्दथे । आज त्यो अवस्थाका समुदायका बासिन्दाहरुमा सहकारी मार्फत बचत गर्ने, ऋण लिएर उत्पादनमूलक काम गर्ने बानी बसेको छ । सहकारी मार्फत धेरै सदस्यहरुको जीवनमा आर्थिक रुपान्तरण सम्भव भएको छ । आज सहकारीमा २८ सय सेयर सदस्य छन् । सहकारीको कूल पुँजी ३ करोड पुगेको छ । साढे २ करोड ऋण लगानी भएको छ । केन्द्रीय कार्यालय र एक सेवा केन्द्र सञ्चालनमा छन् । साकोसमा कुल ७ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । मेरै अध्यक्षतामा ७ जनाको सञ्चालक समिति छ । संस्थाको प्रत्येक बर्ष साधारणसभा हुने गरेको छ भने संस्थाका विभिन्न नीति तथा कार्यविधिहरु निर्माण भएका छन् । सदस्यहरुको आर्थिक उन्नती गर्न संस्थागत पुँजी बृद्धि गर्ने नीति सहकारीले लिएको छ । आगामी साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित गर्ने निर्णय पनि गरेका छौं । साकोसले आफ्नै पुँजीबाट जग्गा खरिद गरी भवन निर्माणको काम पनि सम्पन्न गरिसकेको छ । 

अहिले समय धेरै परिवर्तन भयो । गाउँमा पनि अन्य ५/६ वटा सहकारी संस्थाहरु छन् । तर स्थानीय सखुवा प्रसौनी गाउँपालिकाका जनताको आयस्तर बृद्धि हुन नसक्दा सहकारीले पनि उच्च सफलता हासिल गर्न सकेको छैन । सहकारीमा चुनौति धेरै छन् । अझै पनि सहकारीमा बचत गर्ने भन्दा पनि ऋण मात्रै खोज्ने सदस्यहरुको संख्या धेरै छ । विपन्न परिकारका सदस्यहरुको बाहुल्यता छ । संस्थागत पूँजी बृद्धि हुन सकेको छैन र सदस्यहरुको आयस्तर बृद्धि गर्न पनि सकिएको छैन ।
  
 

फ्रेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि.

अनिरुद्र प्रधान 
संस्थापक अध्यक्ष

काठमाडौंको ज्याठा मार्गमा रहेको प्mेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि.नेपालको बचत तथा ऋण सहकारी अभियानको जेठो संस्थामा गनिन्छ । २०४० साल साउन २१ गते फ्रेण्ड फोरम सहकारी गठन भएको थियो । 

सर्वप्रथम कलकत्ता पढ्न जाने क्रममा मैले सहकारी बारे धेरै बुझ्ने मौका पाएँ । कलकत्तामा जहाँ जहाँ उद्योगहरु छन्, त्यहाँ सहकारी सञ्चालनमा रहेछन् । बाहिर १ रुपैंया पर्ने खाद्यान्न सामग्रीलाई सहकारीले ५० रुपैंयामा दिने, चिनी बाहिर डेढ रुपैंया पर्ने सहकारीले एक रुपैंयामा दिने ! अनि नेपालमा पनि साझा छ, नेशनल ट्रेडिङ छ, किन सामग्री सस्तोमा पाइँदैन भनेर हामीले छलफल सुरु गर्यौं । हामी १०/१२ जना साथीहरु रत्नपार्कमा भेला भएर मिटिङ गर्यौं । नियमित बचत संकलनको अवधारणा सहित सबैबाट ५०/५० रुपैंया संकलन गर्ने निधो भयो । यसले स साना आर्थिक समस्याहरु हामी बीचमै समाधान गर्ने काम गर्यो । त्यसको केही समयपछि साथीभाईले सहकारी खोलौ भनेर फ्रेण्ड् फोरम सेभिङ एण्ड क्रेडिट मोभिलाइजेशन को नामबाट सुरुवात गर्न पुग्यौं । 

दुई तीन बर्षपछि एकजना शिवलाल भूषाल भन्ने साथीलाई अध्ययनका लागि फिलिपिन्स जाने अवसर मिल्यो । उहाँले फिलिपिन्समा छ महिना सहकारीको अध्ययन गर्ने मौका पाउनुभएछ । उहाँ अहिले पनि युनिसेफ अन्तर्गत वंगलादेशमा कार्यरत हुनुहुन्छ । उहाँले सहकारीको BYLAW (विनियम) बनाउन सहयोग गर्नुभयो । २०४५ सालमा हामीले फेरी सहकारीलाई रिभ्यू गरेर सञ्चालन गर्न सुरु गर्यौं । त्यो बेला हामीले २५ रुपैंया शेयर भ्यालू, र मासिक ५० रुपैंया बचत संकलनको सुरुवात गरेका थियौं । 

पछि नेफ्स्कूनका संस्थापक अध्यक्ष भोजराज घिमिरे, संस्थापक पम्फा राई, होमनाथ फ्रेण्ड् फोरम गठनको क्रममा जोडिनुभयो । उहाँहरु सबै साझा यातायात, साझा भण्डार, साझा प्रकाशन बाट हुनुहुन्थ्यो । म एक जना मात्र साझा भन्दा बाहिरको व्यक्ति थिएँ । नेफ्स्कूनको पहिलो निर्वाचित कोषाध्यक्ष पनि भएँ । पछि म यू एन को जागिरे भएँ, त्यो बेला मेरो प्लेसमेण्टमा होमनाथ जी कोषाध्यक्ष हुनुभयो । कोषाध्यक्ष, लेखा संयोजक र फेरि कोषाध्यक्ष हुँदै तीन कार्यकाल नेफ्स्कूनमा रहें । कैलाशभक्त प्रधानाङ्ग अध्यक्ष हुनुहुन्थ्यो । 

फ्रेण्ड फोरम बचत तथा ऋण सहकारी संस्थामा म २० बर्ष रहें । अहिले अभियानबाट अलि टाडा छु । सल्लाहकार राख्नुभएको छ । यस अघि मैले सहकारीमा राम्रो अभ्यासको सुरुवता गराएको थिएँ । प्रत्येक महिनाको दोस्रो शनिबार बोर्ड वैठक बस्छ । सहकारीले सदस्य बृद्धि र पुँजी बृद्धि भने उल्लेख्य रुपमा गर्न सकेको छैन । सहकारीमा हाल ६०० सेयर सदस्यहरु हुनुहुन्छ । करिब ६ करोडको पुँजी रहेको छ । करिब ७० लाख सेयर पुँजी छ । कार्यक्षेत्र काठमाडौं, भक्तपुर र ललितपुर भएपनि संस्था विस्तारित हुन सकेको छैन । विद्यमान चुनौतिहरुको सामना गर्दै सहकारी सुशासित ढंगले सञ्चालनरत छ । 
 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप