नेफ्स्कून स्थापना दिवसको पूर्वसन्ध्यामा अग्रजहरुसँगको अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून स्थापना दिवसको पूर्वसन्ध्यामा अग्रजहरुसँगको अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले आफ्नो ३५औं स्थापना दिवसको पूर्वसन्ध्यामा संघका अग्रज र पूर्व कर्मचारीहरुसँग साकोस अभियानको बर्तमान र भविष्यको विषयमा वृहत अन्तरक्रिया गरेको छ ।

बचत तथा ऋण सहकारी अभियानको प्रवर्धन, विकास, व्यवसायिकरण, स्तरीकरण र एकीकृत सञ्जाल निर्माणमा निरन्तर क्रियाशिल यस संघ स्थापनाको सफलतम् ३४ वर्ष पुरा गरी श्रावण ३१ गतेबाट ३५औं वर्ष प्रवेश गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को जन्म २०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति बाट भएको थियो भने २०५० साल भाद्र २९ गते सहकारी विभागमा दर्ता भएको थियो । 

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमका  प्रमुख व्यक्तिहरुमा संघका पूर्व अध्यक्षहरु क्रमशः डी.बी. बस्नेत, मिनराज कंडेल र कैलाशभक्त प्रधानाङ्ग हुनुहुन्थ्यो । 
कार्यक्रममा संघका पूर्व पदाधिकारीहरु, पूर्व सञ्चालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, वर्तमान पदाधिकारीहरु, सञ्चालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको संस्थागत विकासका पाइलाहरु विषयमा प्रस्तुतिकरण राख्नुभएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति संघका पूर्व अध्यक्षहरुले मार्गदर्शन सहित साकोस अभियानको दिगो विकास, अभियानको शुद्धीकरण र सुदृढीकरणका लागि सुझाव दिनुभएको थियो । त्यसैगरी संघका संस्थापक उपाध्यक्ष नारायण शर्मा गजुरेल, पूर्व महासचिव घनश्याम खतिवडा, देवेन्द्र अर्याल, पूर्व कोषाध्यक्ष दीपक थापा, अनिरुद्र प्रधान, पूर्व सञ्चालकहरु र पूर्व प्रमुख कार्यकारी अधिकृतहरुले मार्गनिर्देशन सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।  

संघले भोलि, श्रावण ३१ गते काठमाडौं बबरमहलस्थित कार्की बैंक्वेटमा ३५औं स्थापना दिवस विशेष समारोहको आयोजना गर्दैछ । बाहिरी जिल्लामा रहेका सदस्यहरुका लागि समेत मध्येनजर गरी संघको आधिकाकि यूटुव च्यानल नेफ्स्कून टिभी र साकोस आवाज फेसबुक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप