नेफ्स्कूनको ३५औं स्थापना दिवस सम्पन्न, सदस्यहरुको उत्साहजनक सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३५औं स्थापना दिवस सम्पन्न, सदस्यहरुको उत्साहजनक सहभागिता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यतामा आज, श्रावण ३१ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को ३५औं स्थापना दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ । संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मन्त्री श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा मन्त्री श्रेष्ठले 'एकीकृत साकोस सञ्जालको लागि साझा प्रविधि' (Shared Technology for Integrated SACCOS Network) भन्ने यस बर्षको थिम घोषणा गर्नुभएको थियो भने आजै प्रकाश भुर्तेलद्वारा रचना गरिएको साकोस गानको पनि मन्त्रीद्वारा लोकार्पण गरिएको थियो । शिशिर योगी र श्रृती योगीको संगित रहेको साकोस गानको बोल ‘सहकारी अभियान उन्नतीको आधार हो’ भन्ने रहेको छ । नेफ्स्कूनद्वारा प्रकाशित साकोस अभियानको अध्ययन सामग्री एकीकृत स्वनियमन मार्गदर्शन, जोखिममा आधारित साकोस सुपरिवेक्षण निर्देशिका र पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) निर्देशिका पनि स्थापनका दिवस समारोहमा मन्त्री र अतिथिहरुद्वारा विमोचन गरिएको थियो । 

साकोस गानका रचनाकार प्रकाश भूर्तेललाई प्रतिभा पुरस्कार र साकोस गान छनौट समितिका सदस्य प्रा.डा. सुदन पौडेल र प्रा.डा. केशब सुवदीलाई सम्मान गरिएको थियो । रचनाकार प्रकाश भूर्तेल २०६८ सालदेखि लोकप्रिय बनेको हातमा हात समाउ, साथमा साथ मिलाउ सहकारी गितको रचनाकार हुनुहुन्छ भने आज लोकापर्ण भएको सहकारी गान पनि उहाँकै रचना हो । त्यसैगरी सिटिइभिटिबाट सम्बन्धन प्राप्त सहकारी व्यवस्थापन कोर्षको अध्ययन पुरा गरेका १२ जना विद्यार्थीहरु मन्त्री श्रेष्ठद्वारा दिक्षीत भएका थिए ।  कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार डी.बी. बस्नेतले गत बर्ष उत्कृष्ट कार्य गर्न सफल उत्कृष्ठ सहकारी संघ संस्था र व्यक्तिहरुलाई पुरस्कृत घोषित गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले समग्र राष्ट्रिय विकासका लक्ष्यहरु पुरा गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले देश विकासको लागि सरकार मात्र एक्लो नायक हुन सक्दैन तर नेतृत्व अवश्य सकारको रहन्छ भन्दै सहजीकरण, नियमक र उत्प्रेरकको भूमिकामा आफुलाई केन्द्रीत गर्दै साझेदारीको दिशातर्फ सरकार अगाडि बढिरहेको जिकिर गर्नुभयो । मन्त्रालय सहकारी क्षेत्रको विकासप्रति गम्भीर रुपमा लागेको र त्यसको परिणाम देखिन समय लाग्ने मन्त्री श्रेष्ठले बताउनुभयो । सहकारी क्षेत्रमा केही महत्वपूर्ण कामहरु भइसकेका छन् र केही कामहरु अन्तिम चरणमा रहेको बताउँदै उहाँले कुनै आग्रह पूर्वाग्रह विना सहकारी अभियानले हेरेमा पक्कै पनि यसको अनुभूति गरेको होला भन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, महासंघका पूर्व अध्यक्ष केशव वडाल, सहकारी मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै बचत ऋण सहकारी अभियानको जग निर्माण गर्ने अग्रजहरुप्रति सम्मान भाव प्रकट गर्नुभएको थियो ।

साधना कला केन्द्रको विविध सांस्कृतिक प्रस्तुति समेत रहेको समारोहको उत्कृष्ठ सञ्चालन महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले साकोस अभियानको विगत, वर्तमान र भविष्यका पाईलाहरु विषयमा संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।  

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले २०४५ साल श्रावण ३२ गते विजारोपण भएको नेपालको साकोस अभियान जागरण, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जालिकरणको शिखरारोहण गर्दै ३५औं वर्ष प्रवेशको अवसरमा यसमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नुहुने अग्रहजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको थियो । उहाँले साकोस अभियानभित्र आज जागरण, सशक्तिकरण, गुणस्तर सुनिश्चितताका आयामहरु सहित अभियानको शुद्धीकरण र सुदृढीकरणका लागि प्रभाकारी सञ्चालन र कुशल नेतृत्वको अभिभारा संघको रहेको प्रष्ट पार्दै यसप्रति सरकारको ऐक्यवद्धताका लागि आव्हान गर्नुभएको थियो । नेफ्स्कून यतिबेला एकीकृत साकोस सञ्जालको लागि साझा प्रविधि विकासमा प्रयत्नरत छ अध्यक्ष पौड्यालले भन्नुभयो वर्तमान वदल्न र सुन्दर भविष्यको निर्माणमा हामी संकल्पित छांै ।

कार्यक्रमका विशेष अतिथिहरु राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, सहकारी सचिव रामप्रसाद थपलिया, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा, केशव प्रसाद बडाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काशीराज दाहाल, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) का कार्यकारी उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत विभिन्न संघ संस्थाका उच्च पदस्थ व्यक्तिहरु, सहकारी अभियानका अभियन्ताहरु, नेफ्स्कूनका पूर्व अध्यक्षहरु, वर्तमान सञ्चालक समिति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका काठमाडौं उपत्यकाभित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो भने संघको आधिकारिक फेसबुक पेज साकोस आवाज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।  

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप