नेफ्स्कूनद्वारा विभिन्न संघसंस्था एवम् व्यक्तिहरुलाई उत्कृष्ट सम्मान तथा पुरस्कार घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा विभिन्न संघसंस्था एवम् व्यक्तिहरुलाई उत्कृष्ट सम्मान तथा पुरस्कार घोषणा 

नेफ्स्कूनले ३६औं स्थापना दिवसको अवसरमा आ.व. २०७९/०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघसंस्था एवम् व्यक्तिहरुलाई उत्कृष्टताको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । 

नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमिति संयोजक एवम् संघका सल्लाहकार डी.बी. बस्नेतले विधागत सम्मान तथा पुरस्कारको घोषणा आज आयोजित एक विशेष समारोहका बीच गर्नुभएको हो । 

संघले गत बर्षको संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ नारी जागरण साकोस, काभ्रेकी पूर्व अध्यक्ष निर्मला श्रेष्ठ र पुरुष तर्फ रमाइलो जनएकता साकोसका पूर्व अध्यक्ष राजकुमार बराललाई पुरस्कृत घोषणा गरेको छ । नेफ्स्कून सर्वोत्कृष्ट संस्था पुरस्कार अन्तर्गत ज्ञानज्योति महिला साकोस, शंखमुल काठमाडौं र काभ्रेको चण्डेश्वरी साकोसलाई पुरस्कृत घोषण गरेको छ । 

नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार घोषित हुनेमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ हुनुहुन्छ । नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फ तालिम अधिकृत उमेश कोइराला र नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयकी बरिष्ठ सहायक दिप्ती आचार्य पुरस्कृत घोषित हुनुभएको छ । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा कोशी प्रदेशबाट कनकलक्ष्मी साकोस–मोरङ, मधेश प्रदेशबाट आईडियल साकोस–राजविराज, बागमती प्रदेशबाट ठेचो महिला जागरण साकोस–ललितपुर, गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस– नवलपरासी सुस्तापूर्व, लुम्बिनी प्रदेशबाट लुम्बिनी सुनवल साकोस–नवलपरासी सुस्ता पश्चिम, कर्णाली प्रदेशबाट गंगामाला स्वाबलम्वन विकास साकोस–सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट तिला कर्णाली साकोस–कैलाली पुरस्कृत घोषित भएका छन् । 

त्यसैगरी प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार पाउनेहरुमा क्रमशः कोशी प्रदेशबाट  रमाइलो जनएकता साकोस–मोरङकी कृण्ण कुमारी दवाडी, मधेश प्रदेश बाट सगुन साकोस–सर्लाहीका रविन्द्र राना, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक साकोस –काभ्रेका गोपाल दाहाल, गण्डकी प्रदेशबाट जनसेवा साकोस पोखराका– प्रेमसागर अधिकारी, लुम्बिनी प्रदेशबाट सयपत्री साकोस नवलपरासीका टिकाराम तिमिल्सिना, कर्णाली प्रदेशबाट ग्रामीण साकोस सल्यानकी शान्ता राई र सुदुरपश्चिम प्रदेशबाट सृजना साकोस, कञ्चनपुरका नयनसिंह ठगुन्ना हुनुहुन्छ ।  
नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान नेफ्स्कूनका पूर्व सञ्चालक हरिकुमार शर्मा (लामिछाने) सिन्धुपाल्चोक पुरस्कृत घोषित हुनुभएको छ । 

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा रामेछाप जिल्ला बचत संघ सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ क्लिकमाण्डु  डटकममा बरिष्ठ सम्बाददाता शोभित थपलिया पुरस्कृत घोषित हुनुभएको छ । 
 
त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट बचतकर्तामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र सहारा नेपाल साकोस झापा पुरस्कृत घोषित भएका छन् । उत्कृष्ट शेयर खरिदकर्ता साकोस पुरस्कार अन्तर्गत एकीकृत फ्रेण्डसीप साकोस जिरी पुरस्कृत घोषित भएको छ भने साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा सुर्खेतस्थित विरेन्द्रनगर साकोस र नवलपरासी पश्चिमको ग्रामीण बाल्मिकी साकोस उत्कृष्ट घोषित भएका छन् । 

नेफ्स्कूनको स्थापना दिवसमा घोषणा गरिएको सम्मान तथा पुरस्कार संघको आगामी वार्षिक साधारणसभामा वितरण गरिने संघले जनाएको छ । पुरस्कृत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई नेफ्स्कून हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप