“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यस बर्षका लागि तय भएको “एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि”(Shared Technology for Integrated SACCOS Network) " भन्ने थिम सार्वजनिक गरेको छ । नेफ्स्कूनले आफ्ना नेटवर्कमा रहेका संस्थाको वित्तीय सक्षमता र प्रतिस्पर्धात्मक स्थान कायम राख्न, प्रविधि र उपकरणको सुलभ उपलब्धतालाई सुनिश्चित गर्न र सफ्टवेयरमा एकरुपता कायम राख्न एकीकृत स्रोत योजनाको रणनीति अन्तर्गत प्रविधि विकासमा अग्रसर बनेको हो ।

संघले आफ्नो ३५औं स्थापना दिवसका अवसरमा श्रावण ३१ गते थिम सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले “एकीकृत साकोस सञ्चालनका लागि साझा प्रविधि” भन्ने बचत तथा ऋण सहकारी अभियानको प्रविधिउन्मुख थिम वाचन गरेर सार्वजनिक गर्नुभएको थियो । 

स्थापना दिवस विशेष समारोहमा उपस्थित अभियानका अग्रजहरु, वर्तमान सहकारी अभियन्ताहरु र सहभागी सम्पूर्ण सेयर सदस्यहरुले यस बर्षको अभियानको थिममा ऐक्यबद्धता जाहेर गर्नुभएको थियो । 

साकोस सञ्जालमा आवद्ध तथा सञ्जाल भित्र रहनु पर्ने सम्पूर्ण संघ संस्थाहरुलाई समेटी सबैको साझा अपनत्व सहित विकास गरिएको एउटै प्रविधि मार्फत सेवाहरुमा स्थलगत र गैरस्थलगत पहुँच, डिजिटल माध्यम मार्फत पहुँच वृद्धिको योजना संघले अगाडि सारेको छ ।  संघले साझा प्रविधि मार्फत चौबीसै घन्टा, सातै दिन बचत, ऋण, बिमा र भुक्तानी फस्र्योट सेवा, स्मार्ट प्रविधि, अद्यावधिक सदस्य तथा व्यवस्थापन सूचना प्रणाली, प्रविधिमार्फत सदस्य तथा ऋण विश्लेषण र निर्णय, प्रविधिमार्फत सदस्यता आवेदन, स्वचालित प्रणाली मार्फत खाता सञ्चालन, प्रविधिमार्फत नियमित शिक्षा÷तालिम सञ्चालनका कार्यक्रम जोड्न सकिने जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप