सिको साकोसको सियुडिसिसि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोसको सियुडिसिसि तालिम सम्पन्न

बर्दिया । सिको बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम ऋग्म्ऋऋ मंगलबार सम्पन्न भएको छ । तालिमको समापन साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षता र नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि सापकोटाले सिको साकोस लुम्विनी प्रदेश कै उत्कृष्ट साकोसको रुपमा रहेको बताउनुभयो । उहाँले सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम उत्कृष्ट तालिम रहेको हुँदा यसबाट प्राप्त सैद्धान्तिक र व्यवहारिक ज्ञान सीप  साकोसमा लागु नगरेसम्म तालिमको कुनै अर्थ नरहने स्पष्ट पार्नुभयो । तालिम पश्चात साकोस सञ्चालनमा के कस्ता परिवर्तन आए भन्ने विषयमा पनि समय समयमा मुल्यांकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

तालिमको समापनका अवसरमा बोल्दै साकोसका अध्यक्ष अधिकारीले सिको साकोस सहकारीको मूल्य, मान्यता, सिद्धान्त अनुसार सञ्चालन भएको  र नेफ्स्कूनबाट प्रवर्द्धित प्रोबेशन र एक्सेसका ब्राण्ड प्राप्त गरी कार्यक्रममा निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई कर्मचारीहरुले संस्थामा लागु गर्ने सवालमा सञ्चालकहरुको तर्फबाट पूर्ण साथ सहयोग रहने बचतबद्धता व्यक्त गर्नुभयो ।  साकोस नियामक निकाय र अभियानबाट जारी निर्देशनहरुको अक्षरशः पालना गर्न र नीति, विधि र प्रविधिमा सञ्चालन गर्न प्रतिबद्ध रहेको समेत अध्यक्ष अधिकारीले स्पष्ट पार्नुभयो । 

भाद्र ४ देखि ७ गतेसम्म सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । 

तालिम पश्चात साकोसका सञ्चालक सदस्य शंकर रोकाया र सुस्मा खड्काले तालिमबाट पर्याप्त ज्ञान सीप प्राप्त भएको र यसलाई साकोसमा व्यावहारिक रुपमा प्रयोगमा ल्याउन प्रतिबद्ध रहने बचनबद्धता व्यक्त गर्नुभयो ।  

कार्यक्रम सञ्चालन साकोसका महासचिव प्रकाश कुमार आचार्यले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप