सर्लाहीमा साकोस एकीकरणसम्बन्धी गोष्ठी सम्पन्न, ३ साकोसद्वारा एकीकरण प्रतिवद्धता    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीमा साकोस एकीकरणसम्बन्धी गोष्ठी सम्पन्न, ३ साकोसद्वारा एकीकरण प्रतिवद्धता    

साकोस एकीकरण समिति सर्लाहीको आयोजना, जिल्ला बचत संघ सर्लाहीको व्यवस्थापन तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोस एकीकरण सम्बन्धमा अभिमुखिकरण, जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सर्लाहीको सगुन साकोसको सभाहलमा हिजो सम्पन्न कार्यक्रममा जिल्लाका १८ ओटा साकोसका ७० जनाको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता एकिकरण समितिका संयोजक बाबुराम घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि सर्लाही क्षेत्र नम्वर ३ क का सभासद डिल्ली उप्रेती रहनु भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिहरुमा नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे तथा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो । यस्तै, अतिथिहरुमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, संचालक सदस्य हरेराम प्रसाद पटेल, नेफ्स्कूनका फिल्ड इन्चार्ज महेश बराल लगायतको थियो । 

कार्यक्रममा पहिलो सत्रको प्रस्तुतीकरण एशियाली ऋण महासंघ (अकू) वा पूर्व अध्यक्ष समेत रहनुभएका ऋषिराज घिमिरेले गर्नु भएको थियो भने दोस्रो सत्रको प्रस्तुतिकरण नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नु भएको थियो । कार्यक्रमा स्वागत मन्तव्य सगुन साकोसका अध्यक्ष केशव प्रसाद ढकालले गर्नु भएको थियो । कार्यक्रममा एकीकरण किन ? के का लागि ? कहिले ? कसका लागि? लगायतबारे नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले प्रस्तुति गर्नु भएको थियो भने एकीकरणको औचित्य र त्यसको सैद्धान्तिक पक्षमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रम संचालन एकीकरण समितिका सचिव तथा स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. व्यवस्थापक विनोद थापाले गर्नु भएको थियो । कार्यक्रममा लालबन्दी नगरपालिका स्थित डुमडुमे साकोस, पौरखी साकोस र जनहित साकोसले एक अर्कामा एकिकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । ती साकोसका प्रतिनिधिहरुलाई कार्यक्रमका विशिष्ट अतिथिद्वय ऋषिराज घिमिरे र दामोदर अधिकारीले खादा तथा टिका लगाएर एकीकरण सम्पन्न गर्न शुभकामना व्यक्त गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप