नव दीपज्योति महिला उत्थान साकोसको २०औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः हिरामाया लामा निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नव दीपज्योति महिला उत्थान साकोसको २०औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः हिरामाया लामा निर्वाचित

काठमाडौं । चावहिलको मित्रपार्कमा अवस्थित नव दीपज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को २०औं बार्षिक साधारणसभा आज (भाद्र २३ गते) सम्पन्न भएको छ । 

साकोसकी अध्यक्ष हिरामाया लामाको अध्यक्षतामा सुरु भएको सभाको उद्घाटन नेफ्स्कूनका का.बा.अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो ।

साधारणसभाले पुनः हिरामाया लामाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र सृजना तामाङको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ । 

नवनिर्वाचित समितिको उपाध्यक्षमा हर्कमाया राई, सचिव सीता कुमारी गौचन, कोषाध्यक्ष सञ्जु गुरुङ, सदस्यहरु मनमाया वाईवा, वमकुमारी अधिकारी, सावित्री कार्की र लेखा सुपरिवेक्षण समिति संयोजक सृजना तामाङ र सदस्यहरु क्रमशः विष्णुमाया थिङ र सुमित्रा तामाङ रहनुभएको छ । 

२०५९ साल जेष्ठ २ गते स्थापना भएको नव दीपज्योति महिला उत्थान साकोसमा हाल १२ सय ४६ सेयर सदस्य रहेका छन् । २२ करोड ६० लाख ९५ हजारभन्दा बढी वासलात भएको यस साकोसले सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ भने १ करोड ६ लाख वार्षिक कुल नाफा गर्न सफल भएको छ । 

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध यस साकोसले स्वस्थ वित्तीय सूचकहरु कायम गर्न सफल भएको साकोसकी व्यवस्थापक कमला लामाले जानकारी गराउनुभयो । 

लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

५ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप