बिर्तामोडमा सहकारीहरुका लागि कोपोमिस तालिम प्रदान  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिर्तामोडमा सहकारीहरुका लागि कोपोमिस तालिम प्रदान  

झापा, भाद्र २९ । बिर्तामोड नगरपालिकामा सहकारीहरुका लागि कोपोमिस तालिम (Co-operative and Poverty Related Management Information System - COPOMIS) प्रदान गरिएको छ । नेफ्स्कून दमक फिल्ड कार्यालय अन्तर्गत विर्तामोड सेवा केन्द्रको आयोजनामा सञ्चालित तालिम प्रदेश बचत संघ प्रदेश न. १ का अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको अध्यक्षतामा सुरु भएको थियो ।  

कार्यक्रममा सञ्चालक अधिकारीले राज्यले तयार गरेको कोपोमिस होस् या अन्य नीतिगत व्यवस्था तथा मार्गनिर्देशनको पालना गर्नु सवै सहकारीको दायित्व र जिम्मेवारी रहेको बताउनुभयो । राज्यका नीति निर्देशन र कानुनी परिपालनाले सहकारी संस्थालाई शुद्धीकरण र व्यवस्थित गर्न सहयोग पुर्याउने स्पष्ट पार्नुभयो । बचत ऋण सहकारीको अभिभावक संघ नेफ्स्कूनले पनि सहकारी संघ संस्थाहरुको दिगो विकास र सुदृढीकरणका लागि समय समयमा जारी गरेका मार्गनिर्देशन, गुणस्तर सुनिश्चितताका कार्यक्रम र स्थिरीकरण कोष कार्यान्वयनबाट दिगो साकोस अभियान निर्माणमा ठोस योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । 

 कार्यक्रममा विभिन्न २२ बचत तथा ऋण सहकारी संस्थाबाट २५ जनाको सहभागिता रहेको थियो । सहकारी विभागले पछिल्लो समय जारी गरेको परिपत्र तथा निर्देशन अनुसार अनिवार्य कोपोमिसमा समष्टिगत वित्तीय विवरण प्रविष्ट नगरे कर चुक्ता, घरजग्गा धितो रोक्का तथा फुकुवा नदिने भनेपछि कोपोमिसको प्रविष्ट अनिवार्य भएको छ । यसै सन्दर्भमा नेफ्स्कूनले राज्यको नीतिलाई सहयोग गर्दै सदस्य साकोसहरुलाई प्रविष्टमा सहजता होस् भन्ने उद्देश्यका साथ एक दिवसीय कोपिोमिस तालिमको आयोजना गरि प्रविष्टमा सहयोग गरेको हो ।

 कार्यक्रममा सहभागी प्रतिनिधि मुलक दुई साकोसका व्यवस्थापकले नियामक निकाय वाट तालिम प्राप्त गर्न नसकिरहेको वेला नेफ्स्कूनद्वारा आयोजना भएको यस तालिमका लागि धन्यवाद सहित आगामी दिनमा पनि यस्तै प्रयोगात्मक तालिमहरु समय समयमा प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र इन्र्चाज विनोद न्यौपानेले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप