सिको साकोसको ५औं वार्षिक साधारणसभा सम्पन्न, सुखी र समृद्ध सदस्य निर्माणमा जोड दिइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोसको ५औं वार्षिक साधारणसभा सम्पन्न, सुखी र समृद्ध सदस्य निर्माणमा जोड दिइने

बर्दिया । ठाकुरबाबा नगरपालिका भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्थाको एकीकरणपछिको ५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा आयोजित सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक का अध्यक्ष के.बि उप्रेति,  विशिष्ट अतिथिमा नेफ्स्कूनका बरिष्ठ उपाध्याक्ष चन्द्र प्रसाद ढकाल, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, नगरउपप्रमुख बिना कुमारी भट्टराई रहनुभएको थियो । 

समारोहका प्रमुख अतिथि अध्यक्ष उप्रेतिले ठाकुरबाबा नगरपालिका सहकारीको नमुना पालिका भएकाले गरिबी न्यूनिकरण, सामाजिक सद्भाव र विकास मार्फत मुलुककै आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सहकारीमार्फत रोजगारी सिर्जना गर्न तथा स–साना पुँजीहरुलाई एकीकृत गरि सहकारी अभियानमा अग्रणी स्थान हासिल गर्न सहिने र राष्ट्रिय  अन्तराष्ट्रिय पहिचान समेत स्थापित गराउन सकिनेमा जोड दिनुभयो । 

सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले लक्ष्य, भावना र उद्देश्यहरु एकै भएका सहकारीहरु पछिल्लो समय एकीकरणमा लाग्दा सहकारीको गुणस्तर र दिगो विकासमा थप टेवा प्रदान गरेको बताउँदै सहकारीको वित्तीय सूचकांकहरुमा उल्लेख्य बृद्धि भएको र सहज तथा सरल ढंगबाट सदस्य केन्द्रित सेवा सुविधा प्रदान गर्न बिभिन्न सहकारीहरुले महत्वपूर्ण भूमिका खेल्दै आईरहेको जानकारी गराउनुभयो ।

उहाँले जनतालाई घर दैलोमै सेवा प्रदान गर्ने र बचतका माध्यमबाट खुसी र समृद्ध सदस्य बनाउने जिम्मा अब सहकारीको भएकाले सहकारी अभियानलाई सुदृढ र समृद्ध बनाउनुको विकल्प नरहेको बताउनुभयो । सहकारीहरु सुशासनमा प्रतिवद्ध हुँदै गुणस्तर बृद्धि र एकीकरणलाई समेत जोड दिएर अगाडि बढ्ने हो भने अब सहकारीले बैंकलाई विस्थापित गर्नसक्ने धारणा अध्यक्ष अधिकारीले व्यक्त गर्नुभयो । 

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकामा उत्कृष्ट सहकारी संस्थाहरु भएकाले स्थानियको जिवनस्तर बृद्धिका लागि कृषिलाई सहकारी सँग जोडेर अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि संस्थाको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रममा उत्पादनमुुलक क्षेत्रलाई प्रविधि अवलम्बन गर्दै सदस्यहरुलाई केन्द्रित गर्ने गरि संस्थाको कारोबार विस्तार गर्न आग्रह गर्नुभयो ।

साधारणसभा समारोहमा साकोसका विविध कार्यमा उत्कृष्ट हुन सफल क्लबहरु र उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको थियो ।

सभामा संस्थाका सचिव प्रकाश कुमार आचार्यले चालु आ.व. २०७९/८० को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिकामा सेवा केन्द्र रहेको साकोसमा हाल १० हजार ६ सय २ जना सेयर सदस्य छन् ।

सिको बचत तथा ऋण सहकारी संस्थाले बिगत केहि बर्ष देखि निरन्तर रुपमा प्रोबेसन ब्राण्ड प्राप्त गर्दै आएको छ भने एक्सेस ब्राण्ड र लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र राष्ट्रिय स्तरको सम्मान समेत प्राप्त गरेको छ ।

नेपालकै उत्कृष्ट सहकारीका रुपमा परिचित सिको बचत तथा ऋण सहकारी संस्थाले सहकारी सिद्धान्त, मुल्य मान्यता, ऐन नियमको परिपालना गर्दै समुदायमा सहकारी जागरण मार्फत स्वेच्छिक एवं गुणात्मक आवद्धताका लागि सदस्य विस्तार क्रियाकलाप सञ्चालन गरिने, सदस्यहरु बीच वित्तीय शिक्षा प्रदान गरि पारिवारिक योजना, बचतको सदुपयोग, आयवृद्धि र सदस्यलाई सीप एवं सहुलियत ब्याजदरमा बीमा सहितको ऋण प्रदान गरिने जनाएको छ ।

संस्थागत अभिलेख सुरक्षाका लागि यसबर्ष देखि अग्नी सुरक्षित दराजको व्यवस्था अगाडि बढाइने, संस्थामा युवाको सहभागिता अभिवृद्धि  गर्नका लागि स्वरोजगार युथ क्लब गठन गरी वित्तीय शिक्षा र सिपमुलक तालिम सञ्चालन गरिने, समुदाय विकास, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण जस्ता कार्यक्रम सञ्चालन गरिने, उत्कृष्ट बाल, नियमित बचत, उद्यमी, ऋणी सम्मान तथा पुरस्कार नीति यथावत राखिने तथा वार्षिक रुपमा कम्तिमा २५ प्रतिशत सदस्यहरु सहभागी हुने गरी सहकारी शिक्षा र विस्तारित मञ्च आयोजना गरी सदस्यको निर्णायक भूमिका अभिवृद्धि गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञावली, जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष नवराज न्यौपाने, मालिका साकोस बकुवाका अध्यक्ष दिलमाया थापा, राष्ट्रिय  सहकारी बैंक भुरिगाउँका शाखा प्रमुख किरण खत्री, सञ्चालक समितिका पदाधिकारी तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२५ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ दिन अगाडि

पाठकबाट थप