नेफ्स्कूनद्वारा ललितपुर जिल्ला बचत संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा ललितपुर जिल्ला बचत संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनले ललितपुर जिल्ला बचत संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई सँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । आज, भाद्र ३१ गते संघको केन्द्रीय कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी बचत संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई शुभकामनाका साथै द्धिपक्षीय सहयोग, सहकार्यका सम्भावनाहरुका बारेमा प्रारम्भिक छलफल समेत गरेको थियो ।

भाद्र २७ गते बचत संघको २८औं वार्षिक साधारणसभाबाट रामहरी बजगाईको अध्यक्षतामा नयाँ सञ्चाकल समिति निर्वाचित भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले केन्द्रीय संघ र जिल्ला बचत संघ बीचको सहकार्यात्मक सम्बन्ध विस्तारलाई थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अबको बचत ऋण सहकारी अभियानको विकास र समृद्धिका लागि  ‘डाइनामिक’ नेतृत्वको आवश्यकता रहेको चर्चा गर्दै सबल नेतृत्व क्षमताविना सहकारीमा परिवर्तन सम्भव नरहेको बताउनुभयो । सबल नेतृत्व क्षमता सहित अभियानमा जागरण, सशक्तिकरण र गुणस्तर सुनिश्चितताको आवश्यकता औल्याउँदै अध्यक्ष पौड्यालले वित्तीय सवलतामा अभियानबीचको ऐक्यबद्धता जरुरी रहेको बताउनुभयो । 
उहाँले अभियानका जति पनि समस्या छन्, समस्या केन्द्रीय संघतर्फ उन्मुख हुने र समाधानका विषयहरु प्रारम्भिक संस्थातर्फ लाने विषय जिल्ला संघहरुमार्फत समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

ललितपुर जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष रामहरी बजगाईंले सहकारी अभियानका विद्यमान असहजताहरुलाई हटाउँदै नेफ्स्कून र बचत संघबीचको सामिप्यता, सौहार्दता र व्यावसायिक सम्बन्ध विस्तारका आधारहरु विकास गर्दै अगाडि बढ्न बचत संघ प्रतिबद्ध रहेको बताउनुभयो । नेफ्स्कून सँधै अभिभावकको रुपमा रहेको र बचत तथा ऋण सहकारी अभियानको विकास, प्रवर्धन र सुशासनको सबालमा केन्द्रीय संघले सँधै अपनत्व लिएर सबै जिल्ला बचत संघहरुलाई सामिप्यताको भावनाले व्यवहार गर्न अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय सहकारी अभियानमा तरलता अभावको समस्या बढ्दो देखिएको तर्फ संकेत गर्दै यसको समाधानका लागि सन्दर्भ व्याजदर निर्धारण समितिले पनि छिट्टै एउटा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

सहकारी अभियानको गुणस्तर सुनिश्चितताको सबालमा जिल्ला बचत संघ गम्भीर रहेको र छिट्टै प्रोबेसन कार्यक्रमा जोडिने तयारीमा लागेको उहाँले बताउनुभयो । हाल ३ प्रकारका मोडेलमा सहकारी सञ्चालन भइरहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष बजगाईले पहिलो अत्यन्त सुशासित, दोस्रो मध्यम र तेस्रो हावाको भरमा स्थापित, यी सबैलाई नियमसंगत बनाउन केन्द्रीय संघ र जिल्ला बचत संघबीचको स्वतन्त्र संयन्त्र निर्माण गरी काम गर्न बचत संघ प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नाराणण श्रेष्ठले नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जिल्ला बचत संघ र नेफ्स्कूबीचको सामिप्यताले अभियानको सबलीकरणमा ठोस योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । बजारिया सहकारीलाई नियमन गरेर सुशासित सहकारी अभ्यासको पाठ सिकाउन जिल्ला बचत संघको भूमिका अझ प्रगाढ रहने विश्वास व्यक्त गर्दै सफल कार्यकालका लागि बधाई एवम् शुभकामना प्रदान गर्नुभयो ।  

नेफ्स्कूनकी सञ्चालक सदस्य मन्दरा मिश्रले संघका नवनिर्वाचित अध्यक्ष आफैमा डाइनामिक र पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकोले पनि नयाँ टिमसँगको सामिप्यतालाई बढाएर अभियान सुदृढीकरणमा ठोस योगदान पुर्याउने विश्वास अभियानले लिएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला बचत संघका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुख गणेश प्रसाद तिमल्सिना, राधेश्याम श्रेष्ठ, ललितपुर फिल्ड कार्यालय इन्चार्ज दिनेश गौतम लगायत कर्मचारी उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रम सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

३ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप