एक्सेस कार्यक्रममा आबद्ध काभ्रेका दुई साकोस बीच एकीकरण सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रममा आबद्ध काभ्रेका दुई साकोस बीच एकीकरण सम्झौता

काभ्रे । एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध काभ्रेपलाञ्चोकका दुई साकोस बीच एकीकरण सम्झौता भएको छ । 

पनौती नगरपालिका–४, मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा–७, मा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच भाद्र २९ गते, बुधबार एकीकरण सम्झौता भएको हो ।

एशियाली ऋण महासंघद्वारा प्रवर्द्धित र नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम अन्तर्गत सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त साकोस हो भने युवा एक्सेस कार्यक्रममा आबद्ध साकोस हो । 

सामुदायिक साकोसको मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

२०५१ साल माघ १४ गते स्थापना भएको सामुदायिकले यस अघि नै ९ वटा सहकारी संस्था एकीकरण गरिसकेको छ । काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाको ३८ हजार शेयर सदस्य र रु. ३ अर्ब ७४ करोड पुँजी गरेको छ । त्यस्तै २०५३ साल भाद्र १५ गते स्थापना भएको युवा साकोसमा ११ हजार शेयर सदस्य र रु. ४५ करोड पूँजी रहेको छ ।

कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा साकोसका अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज नभएको बताउँदै ठूलो र बलियो भन्ने अवधारणालाई अंगिकार गर्न जरुरी रहको बताउनुभयो । 

त्यसैगरी सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरशः पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उद्देश्य सहित एकीकरणको आवश्यकता महशुस गरी अगाडि बढेको बताउनुभयो । 

एकीकरणको ढोका खुला नै राखेको र अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको उहाँले बताउनुभयो । 

दुबै संस्थाको आगामी साधारण साभामा एकीकरण प्रस्ताव पारित भएसँगै दुर्व संस्थाको एकीकृत कारोबार सुरु हुने अध्यक्ष बञ्जाराले बताउनुभो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप