नवनिर्वाचित सञ्चालक समितिका लागि ज्योतिपुञ्ज साकोसले सुरु गर्यो क्षमता विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनिर्वाचित सञ्चालक समितिका लागि ज्योतिपुञ्ज साकोसले सुरु गर्यो क्षमता विकास तालिम

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले नवनिर्वाचित सञ्चालक समितिका लागि क्षमता विकास आधारभूत तालिम आजबाट सुरु गरेको छ । तालिममा सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन गरी १५ जनाको सहभागिता रहको छ । 

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ज्योतिपुञ्ज साकोसको नवनिर्वाचित टिम हरेक विषयमा सक्षम र सशक्त बन्न नेफ्स्कूनबाट प्रदान गरिने तालिम उपयोगी बन्ने बताउँदै तालिम सफलता सँगै नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सहकारीका समसामयिक समस्या समाधान गर्न र विद्यमान चुनौतिहरुको सामना गर्न समेत तालिम मार्फत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले स्वागत मन्तव्य र लेखा अधिकृत शुरेस कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालित दुई दिवसीय तालिमको सहजकर्ता संघका तालिम अधिकृत उमेश कोइराला हुनुहुन्छ ।   

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप