२८ जनाबाट सुरु भएको काठमाडौंको नयाँपाटी साकोस २५औं बर्षमाः ११ हजारभन्दा बढी सदस्य, अर्बभन्दा बढीको कारोबार 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२८ जनाबाट सुरु भएको काठमाडौंको नयाँपाटी साकोस २५औं बर्षमाः ११ हजारभन्दा बढी सदस्य, अर्बभन्दा बढीको कारोबार 

काठमाडौं । २८ जना सदस्यको अगुवाइमा सुरु भएको काठमाडौंको गोकर्णेश्वर नपा २, नयाँपाटी स्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.मा २५ बर्षमा बचतकर्ता सहित ११ हजारभन्दा बढी सदस्य र एक अर्ब भन्दा बढीको कारोबार पुगेको छ । काठमाण्डौं जिल्ला भरि कार्यक्षेत्र बनाई ११ हजार २१ जना सदस्यहरुमाझ वित्तीय तथा अन्य सेवा उपलब्ध गराउँदै आएको नयाँपाटी साकोस यतिवेला रजतमहोत्सब बर्षमा छ । 

काठमाडौंमा उत्कृष्ट साकोस साथै सशक्त वित्तीय पहिचान स्थापित गर्न सफल नयाँपाटीले “सम्पूर्ण वित्तीय समाधानको पहिलो छनौट नयाँपाटी साकोस” भन्ने थिम सहित गत असोज २९ गते २५औं बार्षिक साधारणसभा समेत सम्पन्न गरिसकेको छ । 

साकोसका अध्यक्ष गौतम खनालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामाको विशेष आतिथ्यतामा नयाँपाटी साकोसले २५औं बार्षिक साधारणसभा तथा रजतमहोत्सव विशेष कार्यक्रम समेत मनाएको हो । 

२८ जना सदस्यको अगुवाईमा सानो ट्याङ्का (दर्ता नं.२९४/०५४/०५५) बाट सुरु भएको साकोसले १५३ वटा स्वावलम्वन लघुवित्त महिला केन्द्र मार्फत वित्तीय पहुँच विस्तार गरेको छ । ५ हजार ६२ जना शेयर सदस्य र अन्य बचतकर्ता सहस्यहरु रहेको साकोसले २५औं बार्षिक साधारणसभाका अवसरमा ७८ प्रतिशत सदस्य उपस्थिति रहेको जनाएको छ । 

साकोसको रजत महोत्सव बर्ष भएकोले आफ्ना व्यावसायिक सदस्यहरुलाई  उत्पादनको वजारीकरण गर्न स्टल सुविधासहित बिक्री तथा वजारीकरणमा समेत  सहयोग पुर्याउँदै आएको छ । 

आ.ब.२०६८/०६९ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बाट मध्यमाञ्चलकै उत्कृष्ट साकोस पुरस्कृत भएको नयाँपाटी साकोस एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आवद्ध भई गुणस्तरीय साकोस निर्माणमा अब्बल रहेको छ । 
त्यसैगरि निरन्तर समुदायमा गरेको वित्तीय सेवा तथा योगदानको कदर स्वरुप एशियाली ऋण महासंघले Association of Asian Confederation of Credit Union in appreciation 2013 बाट सम्मानित समेत गरेको थियो । 

१२ करोड ८७ लाख ९५ हजार शेयर पुँजी, ८० करोड १६ लाख ६५ हजार बचत, ९१ करोड ३६ लाख ५६ हजार ऋण लगानी गर्न सफल साकोसको जगेडा कोषमा कुल रु ११ करोड ६ लाख ४७ हजार रहेको छ । साकोसको कुल सम्पत्ती रु. १ अर्ब १४ करोड, ३८ लाख १७ हजार रहेको छ भने २५ औं बार्षिक साधारणसभाबाट सदस्यहरुका लागि १० प्रतिशत शेयर लाभांश प्रस्ताव स्वीकृत गरेको साकोसका प्रवन्धक रमेश श्रेष्ठले जानकारी गराउनभएको छ । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप