‘सहकारीका सञ्चालकहरु प्रशिक्षकको रुपमा रुपान्तरण हुनुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीका सञ्चालकहरु प्रशिक्षकको रुपमा रुपान्तरण हुनुपर्छ’

काठमाडौं । काभ्रेको खोपासीमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) शनिवार सम्पन्न भएको छ । साकोसका अध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षता र वागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै रजिष्ट्रार ज्ञवालीले सिकाइ निरन्तर प्रक्रिया रहेको र तालिमका लागि प्राप्त अवसरको महत्वम उपयोगमा सञ्चालकहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकारी वृहत क्षेत्र रहेको र ७३ लाख सदस्य सहकारीमा आबद्ध भएको जानकारी गराउँदै अब सबै सहकारीका सञ्चालकहरु प्रशिक्षकको रुपमा रुपान्तरण भएर सुशासित र सबल सहकारी निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले विन्धवासिनी साकोस साकोस अभियानले विश्वास गरेको संस्था भएकोले पनि सहकारीका नेतृत्वले आफुलाई निरन्तर तिखारेर लैजानुपर्ने साथै सहकारीको ५ नं. सिद्धान्तले पनि सदस्य, सञ्चालक, व्यवस्थापन र गैर सदस्यलाई निरन्तर शिक्षा, तालिममा जोडनु पर्ने विषय उल्लेख गरेको स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्तिक १६ देखि १९ गतेसम्म सञ्चालित तालिमको सहजीकरण नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत सुमन घिमिरेले गर्नुभएको थियो । 

साकोसका सल्लाहकार प्रदिप थापाले सुशासित साकोस सञ्चालनमा जोडदिनुपर्ने, नीति, विधि र प्रविधिमा निपूर्ण हुनुपर्ने र सदस्य शिक्षा तथा तालिमका कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाउनुपर्नेमा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । 

अध्यक्ष शान्त कुमार श्रेष्ठले सहकारी निरन्तरको सिकाई भएको र सिकेको ज्ञान सीप व्यवहारमा उतारेर अगाडि बढ्नसके साकोसको प्रभावकारी सञ्चालन सम्भव हुने बताउनुभयो । 

विन्धवासिनी साकोसको असोज पहिलो साता सम्पन्न २९ औं बार्षिक साधारणसभाबाट शान्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको थियो । काभ्रेपलाञ्चोक, काठमाडौं र भक्तपुर (सूर्यविनायक नगरपालिका) कार्यक्षेत्र बनाई १५ वटा सेवा कार्यालय मार्फत ५५ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा उपलब्ध गराउँदै आएको साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ । कारोबारका हिसाबले समेत अब्बल बन्दै गइरहेको विन्धवासिनी साकोसमा ९५ कर्मचारी कार्यरत छन् ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप