उत्कृष्टतातर्फ लम्कँदै गुल्मीको लेकाली स्वावलम्बन साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्कृष्टतातर्फ लम्कँदै गुल्मीको लेकाली स्वावलम्बन साकोस 

२०५० साल माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय पाल्पामा दर्ता कायम रहेको लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. जिल्लामा उत्कृष्ट साकोसको पहिचान स्थापित गर्दै अगाडि बढेको छ । 

रेसुङ्गा नगरपालिका १, क्याप्पस रोडमा कार्यालय रहेको सहकारीले सहकारीका मुल्य मान्यता र सिद्धान्त पछ्याउँदै सदस्यहरुको सुख दुखको साथी बनेको छ भने १७ सय ५४ जना महिला सदस्य सहित ३ हजार ५ सय भन्दा बढी सदस्यहरुको मन जित्न सफल भएको छ । सहकारी सम्बन्धमा बजारमा फैलिएका अफवाह साथै नकारात्मक कार्यशैलीका बावजुद लेकाली स्वावलम्बन सहकारीले सहकारीका निश्चित मूल्य मान्यता र सिद्धान्तहरुलाई हुवहु अंगिकार गर्दै उत्कृष्टता तर्फ अगाडि बढेको छ । 

साकोसले गत असोज २९ गते ३०औं बार्षिक साधारणभा समेत सम्पन्न गरिसकेको छ । साकोसको कुल वासलता रु. ५६ करोड ३८ लाख, जगेडा कोषमा रु.३ करोड ३८ लाख, बचत निक्षेप रु.४२ करोड ६२ लाख रहेको छ । सदस्यहरुमा लगानी भएको कर्जा रु. ४७ करोड ५५ लाख रहेको छ । गत आ.व.मा १ करोड ९७ लाख मुनाफा आर्जन गरेको सहकारीले सदस्यहरुका लागि बचतमा ५.५४ प्रतिशत र ऋणमा ४.४२ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गरिसकेको छ भने ९.१ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित गरेको छ ।

कोभिड महामारीका समयमा पनि सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गर्दै राम्रो बचत संकलन गर्न सफल साकोसले हालको मितिसम्म तरलता अभावको समस्या समेत झेल्नुपरेको छैन । साकोसमा २० प्रतिशत तरलता रहेको छ ।  मुद्दती बचतमा ११ प्रतिशत व्याज दिएको साकोसले सदस्यहरुलाई आजसम्म पनि १२ प्रतिशतमा ऋण लगानी गरिरहेको छ । सुशासित र मर्यादित सहकारी सञ्चालनमा अभ्यासरत पूर्णत सहकारी सिद्धान्तको अनुसरण गर्दै अगाडि बढेको लेकाली स्वावलम्बनले सदस्यहरुको मन जित्दै वित्तीय सेवा प्रवाहमा अनवरत लागिरहेको छ । 

सदस्यहरुमाझ वित्तीय तथा अन्य सेवाहरु उपलब्ध गराउँदै आएको साकोस सामाजिक उत्तरदायित्वका क्रियाकलापमा समेत सक्रिय रहेको छ । कोभिड महामारीका समयमा पनि सदस्यहरुलाई मास्क, स्यानिटाइजर वितरण गर्दै स्वास्थ्य सचेतना प्रवाह गरेको साकोसले रेसुङ्गा अस्पताललाई मास्क स्यानिटाइजर वितरण गरेको थियो । त्यसैगरी शुस्त मनस्थिति भएका बालबालिकाहरुलाई न्यानो कपडा, आपाङ्ग महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई मेसिन उपलब्ध गराएको थियो ।

साकोसले धार्मिक तथा पर्यटकीय महत्व वोकेको रेसुङ्गा गाउँ जाने बाटोमा रेसुङ्गा विश्राव चौतारी समेत निर्माण गरेको छ ।

साकोसमा गोपाल पन्थीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ भने कल्पना बस्नेतको व्यवस्थापकीय नेतृत्वमा ८ कर्मचारी कार्यरत छन् ।  

सदस्य सेवालाई महत्व दिएको साकोसका आगामी कार्यक्रमहरु पनि सदस्यमैत्री रहेका छन् । साकोसले बृद्ध सदस्यहरुलाई तिर्थाटनका कार्यक्रम, नावालक सदस्यहरुको भेला तथा बालक्लब गठन, महिला उद्यमशिलता विकासका कार्यक्रमहरुलाई अगाडि सारेको छ । साकोसमा हाल ७ सय १५ जना बाल बचतकर्ताहरु रहेका छन् । 

साकोसले गत असोजमा सम्पन्न बार्षिक साधारणसभाका अवसरमा जेष्ठ सदस्य सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, उत्कृष्ट सुझावकर्ता सम्मान, स्नातक तह, प्लस टु मा  उत्कृष्ट अंक ल्याउने शेयर सदस्य वा सदस्यको छोराछोरी, एसईई २०७८ मा ए–प्लस ल्याई उत्तिर्ण हुने शेयर सदस्यका छोराछोरी, नाबालक छात्रावृद्धि, उद्यमी सेयर सदस्य सम्मान, बचतकर्ता सम्मान, संस्थालाई सहयोग पु¥याउने व्यक्तिहरुला सम्मान गरेको थियो । 

नेफ्स्कूनद्वारा प्रवद्र्धित नेपाल स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध भई लगातार दुई पटक सम्म प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल साकोसले यस बर्षको पनि प्रोबेशन अन्तिम परिक्षण गराईसकेको छ भने एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा पनि आवद्ध छ । साकोसको सुरक्षा कवचको रुपमा रहेको बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा पनि साकोसको योगदान रहेको छ । 

कुराकानीमा आधारित

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप