‘ज्ञानवान सञ्चालक समिति र सिपयुक्त कर्मचारीबाट मात्र सहकारीको साख बृद्धि सम्भव छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ज्ञानवान सञ्चालक समिति र सिपयुक्त कर्मचारीबाट मात्र सहकारीको साख बृद्धि सम्भव छ’

काठमाडौं । ईटहरा बचत तथा ऋण सहकारी संस्था लि.ईटहरा मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस मेची कोशी क्लष्टर पहिलोको ३१ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंसिर १७ गते सम्पन्न भएको छ । एक्सेस ब्राण्डीङ कार्यक्रम एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा साकोसहरुको विचमा विगत देखि नेफ्स्कूनले संचालन गर्दै आएको छ । 

यस क्लष्टरमा झापा, सुनसरी र मोरङका गरी जम्मा ७ ओटा (किसान कल्याण साकोस, महिला साकोस, रमाईलो जनएकता साकोस, मोरङ साकोस, मनकामना साकोस, सहारा नेपाल साकोस र इटहरा साकोस ) साकोसहरुको आवद्धता रहेको छ भने उक्त कार्यशालामा ७ ओटा साकोसकबाट ४३ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसको अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा संचालन भएको कार्यशालामा नेफ्स्कूनका निर्वतमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेलको विशेष अतिथ्यता र उर्लाबारी नगरपालिका उप प्रमुख मिना कुमारी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उर्लावारी नगरपालिकाकी उपप्रमुख एवम् प्रमुख अतिथि मिना कुमारी पौडेलले सिकाई निरन्तर प्रक्रिया रहने भएकोले सिकाईलाई वेवास्ता गरी व्यवहारमा कार्यान्वयन नगर्दाको परिणम हाल केही सहकारीहरुमा देखिएको बताउनुभयो । अब पनि हामीले सिकाईलाई व्यवहारमा परिणत गर्दै संस्थालाई नीति र विधिबाट संचालन गरेनौ भने कुनै न कुनै समय संस्थामा समस्या आउनसक्ने बताउनुभयो । उपप्रमुख पौडेलले सहकारी अर्थतन्त्रको तिनओटा खम्बा मध्ये एउटा बलियो खम्बा रहेको बताउदै अब सहकारीहरुले सदस्यहरुलाई आयआर्जन गर्ने क्षेत्रमा ऋणलागानीलाई प्रथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो । सहकारीहरुले सदस्यहरुलाई वित्तको सदुपायोग गर्नको लागि सिकाउनुपर्ने कुरामा जोड दिनुभयो । 

नेफ्स्कूनका निर्वतमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले नेफ्स्कूनले संचालन गरेको एक्सेस कार्यक्रमले संस्थालाई १ नम्बरको प्रतिस्पर्धी, सुशासनयुक्त र वित्तिय रुपमा सुरिक्षत संस्था निर्माण गर्दै आइरहेको बताउनुभयो  । संस्थाको वृद्धि र विकास तपाई हाम्रो सिकाईलाई व्यवहारमा कर्यान्वयनमा ल्याउँदामात्र सम्भव हुने कुरा बताउदै एक्सेसले संस्थाको चारओटा पक्षमा (वित्तिय, सदस्य दृष्टिकोण, आन्तरिक व्यवसायिक प्रक्रिया र निरन्तर सिकाई तथा वृद्धि)  विश्लेषण गरी संस्थालाई वित्तिय रुपमा सुरक्षित, चुनौतिहरुसंग सामना गर्ने शक्ति र सदस्यहरुलाई वित्तियरुपमा सवलिकरण गर्ने कार्यमा जोड दिएको बताउनुभयो ।  कार्यक्रमले संस्थाको सामाजिक रुपमा छवि स्थापित गाराउनका साथै जनविश्वास कायम गर्नको लागि सहजिकरण गरेको बताउनुभयो । 

ज्ञानवान संचालक समिति र सिपयुक्त कर्मचारीले मात्र संस्थाको वृद्धि र विकासका साथै सदस्यहरुलाई उचित सेवा प्रदान गर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।  हालको वित्तिय संकट सामना गर्नको लागि सहकारीका सञ्चालक र व्यवस्थापकको अनुभव साटासाटाबाट आन्तरिक व्यवस्थापन मजवुत बनाउनुपर्नेमा समेत पोखरेलको जोड थियो । 

नेफ्स्कूनका बरिष्ठ सूचना प्रविधि अधिकृत सितल थपलियाले सूचना प्रविधि मार्फत साकोसमा आउनसक्ने जोखिम र उक्त जोखिम न्यूनिकरणको विषयमा सहजिकरण गर्नुभएको थियो भने  एक्सेस कार्यक्रमको सूचकका आधारमा संस्थाको प्रस्तुतिकरणका आधारमा कार्यक्रम अधिकृत कोमल राज अधिकारील सहजिकरण गर्नुभएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप