‘ज्ञानवान सञ्चालक समिति र सिपयुक्त कर्मचारीबाट मात्र सहकारीको साख बृद्धि सम्भव छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ज्ञानवान सञ्चालक समिति र सिपयुक्त कर्मचारीबाट मात्र सहकारीको साख बृद्धि सम्भव छ’

काठमाडौं । ईटहरा बचत तथा ऋण सहकारी संस्था लि.ईटहरा मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस मेची कोशी क्लष्टर पहिलोको ३१ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंसिर १७ गते सम्पन्न भएको छ । एक्सेस ब्राण्डीङ कार्यक्रम एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा साकोसहरुको विचमा विगत देखि नेफ्स्कूनले संचालन गर्दै आएको छ । 

यस क्लष्टरमा झापा, सुनसरी र मोरङका गरी जम्मा ७ ओटा (किसान कल्याण साकोस, महिला साकोस, रमाईलो जनएकता साकोस, मोरङ साकोस, मनकामना साकोस, सहारा नेपाल साकोस र इटहरा साकोस ) साकोसहरुको आवद्धता रहेको छ भने उक्त कार्यशालामा ७ ओटा साकोसकबाट ४३ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसको अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा संचालन भएको कार्यशालामा नेफ्स्कूनका निर्वतमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेलको विशेष अतिथ्यता र उर्लाबारी नगरपालिका उप प्रमुख मिना कुमारी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उर्लावारी नगरपालिकाकी उपप्रमुख एवम् प्रमुख अतिथि मिना कुमारी पौडेलले सिकाई निरन्तर प्रक्रिया रहने भएकोले सिकाईलाई वेवास्ता गरी व्यवहारमा कार्यान्वयन नगर्दाको परिणम हाल केही सहकारीहरुमा देखिएको बताउनुभयो । अब पनि हामीले सिकाईलाई व्यवहारमा परिणत गर्दै संस्थालाई नीति र विधिबाट संचालन गरेनौ भने कुनै न कुनै समय संस्थामा समस्या आउनसक्ने बताउनुभयो । उपप्रमुख पौडेलले सहकारी अर्थतन्त्रको तिनओटा खम्बा मध्ये एउटा बलियो खम्बा रहेको बताउदै अब सहकारीहरुले सदस्यहरुलाई आयआर्जन गर्ने क्षेत्रमा ऋणलागानीलाई प्रथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो । सहकारीहरुले सदस्यहरुलाई वित्तको सदुपायोग गर्नको लागि सिकाउनुपर्ने कुरामा जोड दिनुभयो । 

नेफ्स्कूनका निर्वतमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले नेफ्स्कूनले संचालन गरेको एक्सेस कार्यक्रमले संस्थालाई १ नम्बरको प्रतिस्पर्धी, सुशासनयुक्त र वित्तिय रुपमा सुरिक्षत संस्था निर्माण गर्दै आइरहेको बताउनुभयो  । संस्थाको वृद्धि र विकास तपाई हाम्रो सिकाईलाई व्यवहारमा कर्यान्वयनमा ल्याउँदामात्र सम्भव हुने कुरा बताउदै एक्सेसले संस्थाको चारओटा पक्षमा (वित्तिय, सदस्य दृष्टिकोण, आन्तरिक व्यवसायिक प्रक्रिया र निरन्तर सिकाई तथा वृद्धि)  विश्लेषण गरी संस्थालाई वित्तिय रुपमा सुरक्षित, चुनौतिहरुसंग सामना गर्ने शक्ति र सदस्यहरुलाई वित्तियरुपमा सवलिकरण गर्ने कार्यमा जोड दिएको बताउनुभयो ।  कार्यक्रमले संस्थाको सामाजिक रुपमा छवि स्थापित गाराउनका साथै जनविश्वास कायम गर्नको लागि सहजिकरण गरेको बताउनुभयो । 

ज्ञानवान संचालक समिति र सिपयुक्त कर्मचारीले मात्र संस्थाको वृद्धि र विकासका साथै सदस्यहरुलाई उचित सेवा प्रदान गर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।  हालको वित्तिय संकट सामना गर्नको लागि सहकारीका सञ्चालक र व्यवस्थापकको अनुभव साटासाटाबाट आन्तरिक व्यवस्थापन मजवुत बनाउनुपर्नेमा समेत पोखरेलको जोड थियो । 

नेफ्स्कूनका बरिष्ठ सूचना प्रविधि अधिकृत सितल थपलियाले सूचना प्रविधि मार्फत साकोसमा आउनसक्ने जोखिम र उक्त जोखिम न्यूनिकरणको विषयमा सहजिकरण गर्नुभएको थियो भने  एक्सेस कार्यक्रमको सूचकका आधारमा संस्थाको प्रस्तुतिकरणका आधारमा कार्यक्रम अधिकृत कोमल राज अधिकारील सहजिकरण गर्नुभएको थियो । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप