कर्णाली प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णाली प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न 

काठमाडौं । कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा प्रभावकारी सञ्जाल तथा जिम्मेवार सदस्यको लागि विस्तारित मञ्च कार्यक्रम मंसिर १६ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम नेफ्स्कूनका सञ्चालक यज्ञप्रसाद ढकालकोे अध्यक्षता र नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिको रुपमा नेफ्स्कून उद्यमशिल विकास केन्द्रीय उपसमिति सदस्य बीर बहादुर रावत, नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्याय र नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्रशासन तथा वित्त व्यवस्थापन प्रमुख राधेश्याम श्रेष्ठ रहुनु भएको थियो । कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर वि.सी.ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन सुर्खेत फिल्ड कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो । 

कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत एवम् प्रशासन तथा वित्त व्यवस्थापन प्रमुख राधेश्याम श्रेष्ठले सहकारीका समसामयिक विषयहरुमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र संघमा आबद्ध संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रस्तुतीकरण पश्चात उपस्थित विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवस्थापकहरुबाट समूहगत रुपमा छलफल गरि सुझावहरु संकलन गरी गरिएको थियो । 

कार्यक्रममा स्तरीकरण कोषको प्रभावकारीता, स्तरीकरण कार्यक्रम विस्तार, आधारशिला कार्यक्रम, साकोस एकरुपता प्रणालीको विकास र कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो । भर्खरै सफ्ट लञ्च भएको नयाँ सफ्टवेयर मिराको बारेमा पनि छलफल भएको थियो । सन्दर्भ ब्याजदरका बिषयमा पनि छलफल भएको थियो । कर्णाली प्रदेशका लागि निःशुल्क तालिमको आयोजना गर्नु पर्ने, समय समयमा सहकारी एकीकरण सम्बन्धी गोष्ठि तथा छलफल कार्यक्रमको पनि आयोजना गर्नु पर्ने सुझाव प्राप्त भएको थियो । 

विस्तारित मञ्चमा सहभागिहरुबाट प्राप्त महत्वपूर्ण जिज्ञासा र सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै संघका उपाध्यक्ष शान्ति अधिकारीले सुझावहरुलाई साधारणसभामा छलफलका लागि लगिने जानकारी गराउनु भयो । आगामी बर्ष देखि बार्षिक रुपमा तय गरिने तालिम, शिक्षा तथा अन्य कार्यक्रमहरु जेठ मसान्त भित्रै सुझाव छलफल गरी संकलन गरिने जानकारी गराउनु भयो । 
आपसी सहयोग र सहकार्यको माध्यमबाट सहकारी अभियान अघि बढाउन सवल र सुदृढ साकोस अभियान निर्माणमा सबैको सुझाव र सल्लाहको सधै खाँचो रहने कुराको जानकारी भयो । 
नेफ्स्कूनको तर्फबाट प्रवाहहुने सेवा, सुविधामा कुनै पनि किसिमको कमिकमजोरी हुन नदिने कुरामा प्रतिवद्ध भएको जानकारी पनि गराउनु भयो । 

कार्यक्रमको अध्यक्षता ग्रहण गरी रहुनु भएका नेफ्स्कूनका सञ्चालक एवम् सुर्खेत फिल्ड कार्यालय संयोजक यज्ञप्रसाद ढकालले कार्यक्रमका सहभागीहरुबाट उठेका जिज्ञासाहरुका सम्बोधन गर्नु भएको थियो । उहाँले नेफ्स्कूनका विभिन्न कार्यक्रममा आवद्ध साकोसहरु नीति, विधि र प्रविधिमा रहेकोले  सहकारीले आफ्ना हरेक क्रियाकलापह प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप