लुम्बिनी प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न, सदस्यहरुबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न, सदस्यहरुबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं । नेफ्स्कूनको आयोजनामा लुम्विनी प्रदेश स्तरिय विस्तारित मञ्च आज वुटवलमा सम्पन्न भएको छ । संघका सञ्चालक एवं लुम्विनी प्रदेश संयोजक संन्दिप सापकोटाको अध्यक्षतामा सम्पन्न मञ्चको प्रमुख अतिथि अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश सचिव नेत्र प्रसाद सुवेदी रहनु भएको  थियो । अतिथिहरुमा लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी अध्यक्ष टिकाराम पोखरेल, सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्ट्रार भिम प्रसाद तिवारी, संघका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, स्थिरीकरण कोषका सञ्चालन समितिकी सदस्य ज्ञानु पौडेल, ८ वटा जिल्ला बचत संघका अध्यक्षहरु, प्रदेश संघका पदाधिकारीहरु, जिल्ला संघका पदाधिकारीहरु र विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु गरि करीव १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्रालयका सचिव सुवेदीले नेफ्स्कूनद्वारा आयोजित विस्तारित मञ्च आफैंमा नविनतम सोच बोकेको कार्यक्रम रहेको बताउँदै संघले लिएको लक्ष्य र कार्यक्रम अत्यन्त महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभयो । उहाँले नेपालमा बचत तथा ऋण सहकारीहरुको अत्यन्त गहन भूमिका रहेको भन्दै सहकारीको पुँजी अव उत्पादन केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी अध्यक्ष टिकाराम पोखरेलले  अनुगमनको क्रममा संघमा आवद्ध संस्थाहरु अन्य संस्थाहरु भन्दा राम्रा रहेको बताउनुभयो । उहाँले कमजोर नियमन र अस्पस्ट निती नै साझा चुनौतीको रुपमा रहेको भन्दै सहकारीमा जागरण, प्रर्वद्धन र विकासको लागि सामुहिक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्ट्रार भिम प्रसाद तिवारीले प्रदेश माताहतामा रहेका संस्थाहरुको सघन अनुगमन गरीने बताउनुभयो ।  उहाँले  विगतका कमी कमजोरीहरु सुधार गर्दै अभियानको सुझावका अधारमा कार्यहरु गर्न सबै सजग भएर लाग्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारी अभियान र सरोकारवाला निकायका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु महत्वका साथ कार्यान्वयन गरिने बचनबद्धता व्यक्त गर्नुभयो । केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघ फरक नभई एउटै भएकोले केन्द्रीय संघले अघि सारेका कार्यक्रमहरु मार्गदर्शनहरुको स्वमित्व सबैले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले साकोसहरुले सदस्यसँग अन्तक्रिया र छलफललाई ब्यापक रुपमा अगाडि बढाउन समेत आव्हान गर्नुभयो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सदस्यहरुलाई आवश्यक पर्ने वित्तिय सेवा प्रदान गर्न संघ अहिले पनि सक्षम रहेकोले सहकारीले सहकारीका मुल्य मान्यतालाई आत्मसात गर्दै ढुक्कका साथ आफ्ना गतिविधिहरुलाई सञ्चालन गर्न सुझाउनुभयो । बर्तमान बित्तीय संकटलाई न्युनिकरण गर्नका लागि तत्कालीन तथा दिर्घकालिन योजना निर्माण गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । 

कार्यक्रममा सबै जिल्ला बचत संघका अध्यक्षहरुको तर्फवाट अर्घाखाँची जिल्ला बचत संघका अध्यक्ष द्रोण भुसाल, स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौडेल, लुम्वीनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल लगायतका सहकारी अभियान्ताहरुले मन्तब्य राख्नु भएको थियो ।

दुई चरणमा भएको बिस्तारित मञ्चमा संघका सहायक कार्यकारी अधिकृत सञ्जय राज तिमल्सीना ले प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य बुटवल फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्य शुभकान्त न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यालय बुटवलका ईन्चार्ज छत्रप्रसाद जैसी धमला ले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप