लेटाङमा उद्यमशिलता विकास तालिम सम्पन्न, तालिम उपलब्धीमूलक रहेको प्रतिक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेटाङमा उद्यमशिलता विकास तालिम सम्पन्न, तालिम उपलब्धीमूलक रहेको प्रतिक्रिया

काठमाडौं । नेफ्स्कूनद्वारा मोरङको लेटाङमा सञ्चालित ५ दिवसीय उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । मंसिर १० देखि १६ गतेसम्म सञ्चालित तालिममा झापा र मोरङका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको सहभागिता रहेको थियो । तालिम प्रदेश नं.१, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा कृषि विकास बैंकको प्रादेशिक तालिम केन्द्रमा भएको थियो । नेफ्स्कूनको उद्यमशिलता विकास उपसमिति सदस्य एकराज निरौलाको अध्यक्षता र जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । 

उद्यमशिलता विकास तालिम व्यवसाय सुरु गर्ने समयमा अनिवार्य रुपले लिनुपर्ने तालिमका सहभागीहरुले बताएका थिए । समापन समारोहका अवसरमा तालिम सम्बन्धी प्रतिक्रिया दिँदै लेटाङ साकोसका प्रतिनिधि इन्द्रा तिमल्सीना र सहारा नेपाल साकोसका प्रतिनिधि युवकराज पौडेलले नवप्रवेशी उद्यमी र उद्यम सुरु  गरिसकेका दुवैलाई नै तालिम अत्यन्त उपायोगी र महत्वपूर्ण रहेको वताएका थिए । उनीहरुले तालिमबाट सिकेको ज्ञान सिप व्यवहारमा हुवहु लागु गर्न सके उद्यम व्यवसायबाट उत्कृष्ट प्रतिफल हासिल गर्न सकिने बताए । 

समापन समारोहका प्रमुख अतिथि एवम् जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाले तालिम लिनका लागि मात्र सीमित नभएर तालिमबाट प्राप्त ज्ञान सीपले उद्यमशिलता विकासमा ठोस योगदान पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

सभाध्यक्ष एकराज निरौलाले सहकारीको ध्येय नै उद्यमशिल सदस्य र सदस्यको समृद्ध जीवन निर्माण भएकोले सहकारीमार्फत उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गरिबी निवारणका लागि उत्पादन बढाउनुपर्ने हुँदा उद्यमशिलता विकासमा जोडिनुको विकल्प नभएको वताउनुभयो ।
स्थानीय निकायले प्रदान गर्ने उद्यमशिलता विकासको बजेट उपयोगका लागि समेत चनाखो भएर उद्यम विकासका काममा लाग्न सहभागीहरुलाई सुझाव प्रदान गर्नुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र अनुगमन अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप