लेटाङमा उद्यमशिलता विकास तालिम सम्पन्न, तालिम उपलब्धीमूलक रहेको प्रतिक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेटाङमा उद्यमशिलता विकास तालिम सम्पन्न, तालिम उपलब्धीमूलक रहेको प्रतिक्रिया

काठमाडौं । नेफ्स्कूनद्वारा मोरङको लेटाङमा सञ्चालित ५ दिवसीय उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । मंसिर १० देखि १६ गतेसम्म सञ्चालित तालिममा झापा र मोरङका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको सहभागिता रहेको थियो । तालिम प्रदेश नं.१, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा कृषि विकास बैंकको प्रादेशिक तालिम केन्द्रमा भएको थियो । नेफ्स्कूनको उद्यमशिलता विकास उपसमिति सदस्य एकराज निरौलाको अध्यक्षता र जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । 

उद्यमशिलता विकास तालिम व्यवसाय सुरु गर्ने समयमा अनिवार्य रुपले लिनुपर्ने तालिमका सहभागीहरुले बताएका थिए । समापन समारोहका अवसरमा तालिम सम्बन्धी प्रतिक्रिया दिँदै लेटाङ साकोसका प्रतिनिधि इन्द्रा तिमल्सीना र सहारा नेपाल साकोसका प्रतिनिधि युवकराज पौडेलले नवप्रवेशी उद्यमी र उद्यम सुरु  गरिसकेका दुवैलाई नै तालिम अत्यन्त उपायोगी र महत्वपूर्ण रहेको वताएका थिए । उनीहरुले तालिमबाट सिकेको ज्ञान सिप व्यवहारमा हुवहु लागु गर्न सके उद्यम व्यवसायबाट उत्कृष्ट प्रतिफल हासिल गर्न सकिने बताए । 

समापन समारोहका प्रमुख अतिथि एवम् जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाले तालिम लिनका लागि मात्र सीमित नभएर तालिमबाट प्राप्त ज्ञान सीपले उद्यमशिलता विकासमा ठोस योगदान पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

सभाध्यक्ष एकराज निरौलाले सहकारीको ध्येय नै उद्यमशिल सदस्य र सदस्यको समृद्ध जीवन निर्माण भएकोले सहकारीमार्फत उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गरिबी निवारणका लागि उत्पादन बढाउनुपर्ने हुँदा उद्यमशिलता विकासमा जोडिनुको विकल्प नभएको वताउनुभयो ।
स्थानीय निकायले प्रदान गर्ने उद्यमशिलता विकासको बजेट उपयोगका लागि समेत चनाखो भएर उद्यम विकासका काममा लाग्न सहभागीहरुलाई सुझाव प्रदान गर्नुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र अनुगमन अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप