एक्सेस बागमती दोस्रो समूहमा आबद्ध साकोसहरूको ३१औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस बागमती दोस्रो समूहमा आबद्ध साकोसहरूको ३१औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेसमा सहभागी भएका सहकारीहरु मध्ये बागमती समूह २ मा आबद्ध आठ वटा सहकारीको ३१ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चरिकोटमा सम्पन्न भएको छ । 

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न कार्यशालाको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले सहकारीहरुले अझै पनि अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित गरेका कारण स्वयं सहकारी संस्थाहरु समस्यामा पर्दै गएको बताउँदै शेयर सदस्यको आत्मबल बढाउन सहकारीले सुधारात्मक कदम चाल्नु पर्नेमा जोड दिनुभएको थियो । कतिपय निर्णय तथा योजनामा केन्द्रीय सरकारको दोहोरो चरित्र भएका कारण पनि ग्रामीण सहकारीहरु समस्यामा परेकाले त्यसमा अभियानले लबिङ गर्नुपर्ने बताउँदै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सहकारीले पुर्याएको योगदानलाई धन्यवाद दिदैं स्थानीय सरकार सहकारीसँग साझेदारी गर्न तयार भएको बताउनुभयो । 

नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत एवम् एक्सेस संयोजक प्रेम नाथ वाग्लेले राष्ट्रिय अर्थतन्त्रमा आएको गिरावटसँगै बचत तथा ऋण सहकारीमा परेको असरप्रति सजग हुँदै संस्थालाई सुरक्षित राख्न कुनै कसरत बाँकी नराख्न आग्रह गर्नुभएको थियो । पछिल्लो समयमा लगानीमा रहेको ऋण असुली नभएको, उठ्न बाँकी व्याज धेरै भएको, तरलता व्यवस्थापन जटिल हुँदै गएकाले त्यसको सुक्ष्म विश्लेषण गरी वित्तीय गतिविधि सञ्चालन गर्न सबै सहकारीलाई आग्रह गर्नुभएको थियो । 
कार्यशालालाई सहजीकरण गर्दै संयोजक वाग्लेले सुरक्षित ऋण लगानीका लागि अहिले प्रयोगमा रहेका नीति, कार्यविधि र प्रक्रियामा समेत परिमार्जन गर्नुपर्ने, भाखा नाघेका ऋणी मध्ये सम्पर्कमा नरहेका ऋणीहरुको धितो लिलामीबाट नै असुलउपरको प्रक्रिया थाल्नुपर्ने, धितो मूल्यांकन लगायत ऋण लगानी गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेका विभिन्न निर्देशनको पालना गर्नुपर्ने, ऋण लगानी गर्दा आयस्रोत पुष्टि नभएका वा अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गर्ने जस्ता विषयमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी सक्षम र प्रतिबद्ध सञ्चालकका लागि फिट एण्ड प्रपर टेष्ट गर्ने, आवधिक समीक्षात्मक बैठकहरुलाई प्रभावकारी बनाउने विषयमा पनि सहजीकरण गर्नुभएको थियो ।

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले स्तरीकरण कार्यक्रममा आवद्ध सहकारीहरुको सुदृढीकरण तथा आगामी दिशाका बारेमा केन्द्रीय संघ पनि चनाखो हुनुपर्ने बताउँदै अहिलेको जटिल परिस्थितिमा संस्था सुरक्षित राख्ने रणनीतिका लागि आग्रह गर्नुभएको थियो । 

कार्यशाला समापन समारोहमा बोल्दै नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले देशकै अर्थतन्त्र कमजोर भएका बेला संयमित भएर संस्थाका उत्पादनहरुलाई परिस्कृत गर्न, मुल्य निर्धारणमा विशेष ध्यान दिन, अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गर्न, स्तरीकरण कार्यक्रम अन्तरगत निर्धारण गरिएका न्यूनतम सूचकहरु पुरा गर्न आग्रह गर्नुभएको थियो । 

कार्यशालामा आफ्नो धारणा राख्दै आयोजक संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीले प्रविधियुक्त सेवा नै अबको विकल्प भएको बताउँदै सहकारी सहकारी बिचको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न तयार हुनुपर्ने बताउनु भएको थियो । त्यसैगरी बुडोल सामुदायिक साकोसका अध्यक्ष कैलाश केसीले हामीले गरेका अभ्यासहरुमा केही सुधारको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिन केन्द्रीय संघलाई आग्रह गर्नुभएको थियो । 

३१ औं कार्यशालामा बागमती समूह २ मा आबद्ध साकोसहरु दोलखाबाट मिलिजुली कालिञ्चोक र जनमुखी, रामेछापबाट नवजागरण, काभ्रेपलाञ्चोकबाट बुडोल सामुदायिक र मनकामना सहित भक्तपुरबाट शुभकामना र सामुहिक साकोसका अध्यक्ष, पदाधिकारी, सञ्चालक सदस्य, प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापक र अन्य अधिकृत कर्मचारीहरु उपस्थित रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप