सुदूरपश्चिममा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्न तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिममा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्न तालिम सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सहकारीहरुलाई लक्षित गरि ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्न तालिम सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजनामा मंसिर १७ गते सञ्चालित तालिम नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको अध्यक्षता, नवनिर्वाचित प्रतिनिधिसभा सांसद तारालामा तामाङको प्रमुख आतिथ्यता र नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 

तालिममा कञ्चनपुर, डडेलधुरा, कैलाली, डोटी र दार्चुला जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र ऋण शाखामा कार्यरत कर्मचारीहरु गरि ५७ जनाको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि सांसद लामाले सहकारीले जुनसुकै काम गर्दापनि सदस्यलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनुभएको थियो । उहाँले स्थानीय तहले पालिका स्तरमा भएका संस्थाको विकास र प्रवर्धनका काममा जोड दिनुपर्ने साथै सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा उत्पादनमुलक क्षेत्र र सदस्यको आयआर्जनको क्षेत्रलाई ध्यान दिएर ऋण लगानी गर्नुपर्ने बताउनुभयो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक सापकोटाले सदस्यहरुको बचत नै सहकारीको लगानी योग्य ऋण भएकोले बचतको सुरक्षा सँगै सम्पत्ति तथा दायित्वको जिम्मेवारी पनि साकोसको हुने र सदस्यहरुलाई आर्यआजनका क्षेत्रमा ऋण लगानी गर्ने पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । साकोसले आफ्ना नीति नियमहरुको पालना गरी उत्पादनशिल क्षेत्रमा नियमसंगत ऋण लगानी गर्न सकेमात्रै ऋण को जोखिम कम हुने उहाँले स्पष्ट पार्नुभयो ।  

कार्यक्रममा कञ्चनपुर जिल्ला बचत संघका सचिव बसन्त भट्ट, कञ्चनपुर साकोस म्यानेजर्स क्लबका अध्यक्ष गणेश भट्ट उपस्थित हुनुहुन्थ्यो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप