सुदूरपश्चिममा नेफ्स्कूनको विस्तारित मञ्च कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिममा नेफ्स्कूनको विस्तारित मञ्च कार्यक्रम सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजनामा सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरीय विस्तारित मञ्चको कार्यक्रम शुक्रबार कैलालीमा सम्पन्न भएको छ । संघका सञ्चालक माधव प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न मञ्चको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री प्रकाश रावतको प्रमुख आतिथ्यता र नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको विशेष आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि मन्त्री रावतले सहकारी क्षेत्रको विकास र प्रवर्धनमा मन्त्रालयको पूर्ण साथ सहयोग रहने बचनबद्धता व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक सापकोटाले सहकारी संस्था सबल, सक्षम र जोखिम रहित बनाउनको लागि राज्यको तिनवटै तहमा अनुगमन कार्यमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाबाट संस्था ब्यवसाय दर्ताको लागि पालिका स्तरले कर लिने भएकोले सरोकारवाला निकायले सुशासनमा ध्यानदिनुपर्ने बताउनुभयो । संयोजक सापकोटाले विस्तारित मञ्चका क्रममा उठेका सदस्यहरुका सवाल तथा सुझावलाई ग्रहण गरी साधारणसभा मार्फत समस्या समाधानका उपायहरु अवलम्बन गरिने वताउनुभयो । 

कार्यक्रममा सुदुरपश्चिम प्रदेश संघका लेखा संयोजक डिल्ली प्रसाद शर्मा, विशिष्टिकृत उपभोक्ता सहकारी संघका मनमोहक विष्ठ, जिल्ला सहकारी संघका बझाङका सचिव हेमराज विष्ट, कञ्चनपुर जिल्ला बचत संघका सचिव बसन्त भट्ट, कञ्चनपुर फिल्ड ब्यवस्थापन उप–समिति सदस्य भुपेन्द्र थापा डडढेलधुरा फिल्ड ब्यवस्थापन उप–समिति सदस्य तेज बहादुर ऐर, कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, सिएमसी कैलालीका अध्यक्ष छवी लाल जैशी, सिएमसी कञ्चनपुरका सचिव मदन भट्ट, कञ्चनपुर फिल्ड ब्यवस्थापन उप समिति सदस्य भुपेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । स्वागत मन्तव्य कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य भुपेन्द्र थापाले गर्नुभएको थियो । 

विस्तारित मञ्चको कार्यक्रम समापन गर्दै संघका सञ्चालक माधव प्रसाद जोशीले अन्तरक्रियाका क्रममा प्राप्त सुझावहरु मननयोग्य रहेको र साधारणसभा मार्फत स्पष्ट संबोधन गरिने बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६४ जनाको सहभागिता रहेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप